कीर्तिपुरस्थित उपकुलपति र महाराजगञ्जस्थित डीनको कार्यालयमा तालबन्दी, गण्डकी मेडिकल कलेजका संञ्चालक खुमा प्रसाद अर्याललाई तत्काल गिरप्तारको माग
शिक्षाखबर डेस्क
५ चैत्र २०७५, मंगलवार
no immg

बिद्यार्थीको भविष्य माथी खेलवाड गर्ने गण्डकी मेडिकल कलेजका संञ्चालक खुमा प्रसाद अर्याललाई तत्काल गिरप्तार गर्नुपर्ने माग सहित आज तालावन्दी गरिएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले संयुक्त रुपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थानको डीन कार्यालयमा तालाबन्दी गरिदिएका हुन ।

अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका सचिव आरसी लामिछाने सहित बिद्यार्थी संगठनका नेता तथा बिद्यार्थीको टोलीले कीर्तिपुरस्थित उपकुलपति र महाराजगञ्जस्थित डीनको कार्यालयमा तालबन्दी गरेका छन ।

यसअघि चैत्र १ गते बिद्यार्थी संगठनहरुले प्रेस बिज्ञप्ती जारी गरि ४ बुँदे माग अघि सारेका थिए । भने अहिले फेरी एउटा माग थपेका छन ।

जसमा तोकिएको मापदण्डभन्दा बढी बिद्यार्थीबाट लिएको शुल्क फिर्ता गर्नुपर्ने, नेपाल मेडिकल काउन्सिल द्धारा गठित छानविन समितिको प्रतिवेदन सार्वजनिक गरी दोषिलाई कारबाही गर्नुपर्ने र ब्यवस्थापनका लागी (आइओएम) चिकित्सा अध्ययन संस्थान केन्द्रिय क्याम्पसमा ब्यवस्थापन गर्नुपर्ने, नियमनकारी निकायका निती, नियम र निर्देशन अवज्ञा गर्ने कलेजको सम्बन्धन खारेज गरी स्वामीत्व नेपाल सरकाले लिने प्रक्रिया अगाडि बढाउनु पर्ने र मेडिकल शिक्षामा अध्ययनरत बिद्यार्थी अभिभावकलाई आर्थिक तथा मनोबैज्ञानिक रुपमा असर परेकाले यसैबाट एनएफटी परिमार्जन गरिनु पर्ने उल्लेख गरिएको छ ।

–हेर्नुहोस यो प्रेस बिज्ञप्ती

प्रतिक्रिया