ट्युसन कक्षा सकिदा बेलुका को ८ बजेको थियो। घर पुग्न अझ मलाई १०-१५ मिनेट लाग्थ्यो । हाम्रो तिर ट्याक्सी, टेम्पो को खासै उपलब्धता नहुनाले हिडेरै जाने आउने गर्नु पर्थ्यो । बेलैमा घर फर्कनु पर्छ भन्ने मम्मीको भनाइ लाई स्मरण गर्दै म छिटो छिटो हिड्दै थिएँ, त्यतिकैमा पछाडि बाट कसैले जिस्काए जस्तो लाग्यो । फर्केर हेर्दा ६-७ जना केटाहरुको हुल रहेछ । आफू जन्मेको ठाउँ थियो। बाबा पनि गाउँको मान्ने गुन्ने भनेर चिनिनु हुन्थ्यो, जस्ले गर्दा यिनिहरुले मलाइ केही गर्न सक्देनन भन्ने कुरा मा म ढुक्क थिए। यसैको आधारमा मा आँट सहित पछाडि फर्किएं र भने – “ के पारा हो तिमीहरुको ? तिमीहरुले मेरो दाइ र बाबालाई चिनेका छैनौ कि क्या हो ! फेरि जिस्काउने पारामा नै एक जना अलि नाइके जस्तो देखिनेले भन्यो – “को हो र मैयाँ तिम्रो दाइ र बाबा अनि मेरो जेठान र ससुरा बा ? चिन्न पाए त झनै राम्रो नि, केटा हो ससुरा बा लाई खबर पठाइदिनु है छोरी त ज्वाई संग गई भनेर ।“ हाहाहाहाहाहाहा सब गलल हासे । मैले नाम भनेपछी उनिहरुको हासो बन्द भयो र मुखा मुख गरे । म बुझिसकेको थिएँ कि अब यिनीहरु जिस्काउन सक्दैनन् भनेर अनि म फर्किएर आफ्नो बाटो लांगे।
खुट्टा संगै मेरो दिमाग पनि छिटो छिटो चल्न थाल्यो । मन भित्र एक किसिमको खुशी आइरहेको थियो, खुशी यो कि बाबा दाई को नाम ले केटाहरु डराए, आफुहरु गाउको मान्नेगुन्ने हुनाले कसैले केहि गर्न सक्दैन । एक्कासी यो घमण्ड सहितको खुशी ले बाटो मोड्यो, सोच्न लागे यदि म केहि बोल्न नपाई उनीहरुले मलाई मुख बन्द गराएर केहि गरेका भए ? मन झसङ्ग भयो, मुटु जोड ले ढक ढक गर्न लाग्यो । यतिकै सोच्दा सोच्दै घर पुगे पाइला रोकिए तर मन को डरले रोकिने सुरसार गरेन ।
बुवा रेडियोमा समाचार कुर्दै हुनुहुन्थ्यो । समाचार आउनु अघि “साथि संग मनका कुरा” भन्ने कार्यक्रमको महिला हिंसा बिषयक कै नाटक बजिरहेको थियो, दाई मोबाइल मै ब्यस्त थियो मम्मी भान्सा तिर खाना तयार गर्दै हुनुहुन्थ्यो, म मन मा कुराहरु खेलाउदै थिए अनि रेडियो को आवाज कान सम्म पुग्नाले डर अझ बढिरहेको थियो । मैले ड्रेस बदलेर आउदा मम्मी खाना खान बोलाउन आएको बेला हुनाले सबै नजिक थियौं । यहि अवसर मिलाएर मैले भएको घटना को सबै वृतान्त सुनाए ।
कुरा भन्दा मन हलुका हुने लागेको थियो तर मम्मी उल्टो कराउन लाग्नु भयो, छोरी मान्छे राति राति हिडेपछी यस्तै त हुन्छ, कत्ति भन्नु ट्युसन स्युसन नपढेपनि हुन्छ राति राति, हाकिम्नीलाई पढेर के के न बन्नु छ । छोरी को इज्जत भन्दा ठुलो केहि हुदैन, केहि तलमाथि भए तेरो पढाईले केहि गर्ने छैन, ए बुझाउनु न हजुरको छोरी लाई । बाबाले ए बाबु को केटा रहेछन हप्काएस त भनेर दाई लाई भन्नु भयो, दाई च्याट मै ब्यस्त थियो आखाले यता नहेरी हस बाबा भन्यो ।
मैले भनेको कसले सुन्छ र भन्दै मम्मी भान्सा तर्फ लाग्नु भयो । दाई ले कुरा सुनेर होकी यतिकै हस भनेको भन्ने नि संका थियो उसलाई वास्ता नै थिएन । खैर केहि भएन अब दाई लाई साझ फर्किदा लिन बोलाउनु पर्ला भन्ने सोच्दै म मम्मी लाई सहयोग गर्न भान्सा तर्फ लांगे ।
अर्को दिन उही समय ट्युसन बाट फर्कदै थिएँ। एक केटाहरुको हुल उही बस स्ट्प अगाडि पल्ला गाउँकी बिस्ट माइला दाइकि छोरि लाई जिस्काउदै थिए। केटाहरु लाई पछाडी बाट देख्दा उही मलाई जिस्काउन खोज्नेहरु नै जस्तो लाग्यो त्यसैले अब मलाई चिनेकै छन् थर्काउछु भन्ने हिम्मत का साथ उनीहरु अगाडी गए । थर्काउने हिम्मत गरेर आएको जोश एक्कासी अचम्मित बन्न पुगे । त्यस ग्रुपमा सबै उनीहरु नै थिए तर त्यसको नाईके आज अर्कै थियो “मेरो दाई” । जसलाई हिजो नै बाबाले कसले मलाई जिस्कायो भनेर बुझ्न भन्नुभएको थियो । अझ अचम्म को कुरा के लाग्यो भने मलाई अकस्मात देख्दा आफुले केटि जिस्काउदै गरेको कारण दाई लज्जित महसुस गर्नु त कता कता उल्टै मलाई सरसार घर नगएर किन लरखराई रहेकी छस भन्दै हपार्न थाल्यो । दाई हैन म छागा बाट खसे अब किन भन्नु तपाइकै साथिले मलाई जिस्काएका थिए हिजो भनेर , भन्नु को औचित्य देखिन तर महिला भएर महिला लाई नै लज्जित गराएको हेर्न चाहिँ सकिन त्यसैले दाईकी छोरीको हात समातेर आफु संगै लंगे ।
अब त आफ्नो दाई लाई दाई भन्न नि मन लागेको थिएन, उ पनि आखिर के नै फरक भयो र ति केटा भन्दा अझ दाई नै नाइके रहेछ, हिजो दाई त्यहा नहुनाले मात्र असली रुप देख्न पाएँ । मन मा हिजो भन्दा धेरै कुरा दौडीरहे, हिजो सम्म त मलाई दाई र बाबा को कारण पनि कसैको यस्तो हिम्मत हुदिन मलाई जिस्काउन अनि कोहि लाई जिस्काएको देखें भने दाई र बाबाकै नाम ले थर्काउन सक्छु भन्ने ठुलो आत्मबिश्वास थियो तर त्यो सब बिस्वास आज आधा भएको थियो । तथापि दाईलाई मैले पो सुधार्न सक्दैन आधा बाकि बिस्वास त बाबा को कारण छ त्यसैले सबै घटना बाबा अगाडी पोख्ने निधो गरें । दाई आईपुगेको थिएन, उसलाई जति ढिला आउन पनि छुट थियो, दाई नभएकै बेला भन्न मलाई पनि सजिलो भनेर घर पुग्ना साथ बाबा मम्मी अगाडी बेलिबिस्तार लगाएँ । बाबा त हास्दै पो भन्न लाग्नु भयो – “को त्यो बिस्ट माइला को छोरी को कुरा गरेको तैले ? तेस्को नि के इज्जत छ र, छोटो लुगा लगाउने ,रिसेप्सनिस्ट को जागिर गर्नेको नि कहाँ इज्जत हुन्छ र तेहि माथी राती राती घर फर्कन्छे तेस्ता लाई मेरो छोराले मात्र होइन सबैले जिस्काउछ।“
मलाई एक्कासी ठुलो ढुंगा आएर च्यापे जस्तो लाग्यो, संसारमा हरेक छोरी ले आफ्नो बाबालाई सुपर पावर भएको त्यति राम्रो विचार, क्षमता भएको कोहि छैन मानेको हुन्छ, म त्यसमा अछुतो हुने त कुरै भएन, अघि दाई को कर्तुत देख्दा पनि बाबालाई नै बिस्वास गरेर दाई सुध्रिने सोचेको थिए, केहि समय सम्म खराब प्रवृत्तिका कारण केहि ले त्यस्तो हर्कत गर्छन भन्ने सोच भएकी म, अहिले त यो पुरुष मानसिकता नै रहेछ भन्ने लाग्यो ।
सरिर काप्न लाग्यो, भित्र धेरै अन्तरविरोधका सब्द मडारिरहेका थिए, ओठ खुल्न मानिरहेको थिएन, भित्र रिस र असन्तुस्टी को आगो दन्किरहेको थियो, तर कतै बाट तेरा सब्द निरर्थक छन्, आज सम्म जसलाई त अनुशरण गर्ने गरेको छस उही व्यक्तिको एकैपटक मा बिचार परिवर्तन गर्न सक्दैनस नबोल तँ भन्दै थियो, ओठ ले त्यहि सुनिरहेको थियो ।
म त्यहि ढल्छु कि जस्तो भएको थियो । म जवाफ यस्तो पाएकी थिए कि बाबाबाट, मानौ त्यो कुरा कुनै ठुलो नै होइन त्यसैले नजर पनि म सम्म पुर्याउनु भएको थिएन । म केहि नबोली जसोतसो कोठामा गएर पल्टिए । केहि समयमै मम्मी खाना खान बोलाउनु भयो तर मलाई केहि गर्ने मन थिएन त्यसैले टाउको दुखेको भनेर पल्टिरहे, पुरुष मानसिकता संग आज मात्र साक्षात्कार भए जस्तो लागेको थियो, पुरुषहरु देखि नै डर लागिरहेको थियो । सबै पुरुष एक हुन्, उनीहरु को सोच नारीको इज्जत मा कहिले छैन, घर कै नारि मा समेत सम्मान को नाटक मात्र आफ्नो इज्जत कायम राख्न लाई हो भन्ने कुरा आइरह्यो, यतिकै मा कुराहरु सोच्दा सोच्दै कतिबेला निदाएछु पत्तै पाइन् ।
छिट्टै निदाएकोले राति ३ बजे नै आखाँ खुले, संगै कहिले पनि पुरुषहरु ले सम्मान गर्न सक्दैनन भन्ने आँखा पनि खुले जस्तो भयो । मलाई पुरुष भनेपछि बाबा सम्म देख्न डर लाएको थियो, कसरि अब बाबा, दाई को अगाडी पर्ने जब मेरो मनमा उहाँहरु प्रति सम्मान पनि छैन भन्ने पिर लागिरह्यो, साथिको जन्मदिन थियो, उसको घरमा मम्मी बहिनि र ऊ मात्र थिए, उसको बाबा बैदेशिक रोजगारीको कारण बाहिर हुनुहुन्थ्यो, मलाई सजिलो भयो, हिजो नै साँझको लागि बोलाएकी थिई, मलाई कलेज जान मन थिएन, किनकि मलाई कोहि पनि पुरुष कसरि नदेखु भन्ने मात्र भएको थियो, बिहान हुन लाग्यो नित्यकर्म पछी मम्मी लाई सघाए, बाबा दाई नजिक पुगिन र छिट्टै खाना खाई साथि को जन्मदिन को कारण साँझ ढिला हुने जानकारी गराएर म निस्किएँ ।
साथि कलेज जाने तयारि मा रहिछन, मैले आज कलेज नजाउं मलाई सन्चो छैन भनेर रोके अनि त्यसदिन हामि घर मै बस्यौं । मलाई मेरो दिमागमा चलिरहेको कुरा बाट उन्मुक्ति चाहिएको थियो, दिउसो फिल्महरु हेर्यौं, कुराहरु गर्यौ, अनि जन्मदिनको सानो पार्टी गर्ने भनेर बिभिन्न परिकारहरु बनायौ । रातिमा भने सकेसम्म मलाई बाहिर बस्न अनुमति थिएन त्यसैले घर त जानु नै थियो, अलिकति सरिर अनि मानसिकता हल्का भएको थियो, घर जाने इच्छा थिएन त्यैपनि घरको लागि निस्किएँ ।
आज पनि मेरो दाइ र उस्का साथीहरु “तेरे नेना बडेहि कातिल मार हि डालेगा” भन्दै एक बुर्कामा सजिएकी मुस्लिम समुदायको केटिलाई जिस्काइ राखेको देखें । त्यहाँ मेरो दाई नै हुँदा पनि मैले पहिले जस्तो गएर उक्त केटीलाई लिएर जान पाइला चलेनन, आज मेरो दाई लाई मैले मेरो दाई देखिन, कुनै बेला मलाई सहि गलत सिकाउने मैले बिस्वास गर्ने दाई लाई म आज एक दाई नभएर मात्र पुरुष देखेको थिएँ । एक कमजोर, सबै कुरा सहनु पर्ने निरिह प्राणि जस्तो अनुभव लिएर त्यता नदेखीइ अर्को बाटो घर तर्फ लागें ।
घर पुग्दा अलि ढिलै भएको थियो । किन ढिला भनेर बाबा मम्मी कराउन लाग्नु भयो, मलाई भित्रै देखि रिस उठ्यो, – “ साथीको जन्मदिन हो भनेको त थिएँ, दाई पनि त अझ आको छैन , चोक मा केटि जिस्काउदै बसेको छ, गालि मलाई मात्र किन ?” भन्दै गर्जिएँ । बाबा – “बढी बोल्छेस, केटा हो उमेर छ जिस्काइ हाल्छनि । धेरै दाइको रिस नगर बरु त जोगिएर बस, एसिड अट्र्क, रेप जस्ता विभिन्न घटना घटिरहेको सुनी राको छौ। भोलि देखि कसैको जन्मदिन मनाइराख्नु पर्दैन बेलैमा घर फर्कनु” भन्दै पल्लो रूम मा जानू भयो।
मलाई निरिह पशु भन्दा आफु केहि फरक लागेन, म मात्र हैन सिंगो महिला जगत नै अझै पनि पशुको दर्जामा छ, जे पनि सहनु पर्ने भन्ने भान भयो । आँशु बहिरहे, मन रोएको थियो । महिला हुनु नै पाप हो पाप सहनु बाहेक केहि उपाए छैन भन्ने भैरह्यो । मेरो बाबाआमा जस्तै धेरै बाबाआमाले छोराछोरी बराबर हो भनी सिकाउनु हुन्छ । के उहाँहरुले छोरा र छोरी लाई गर्ने ब्यबहार र दिने संस्कार उस्तै छ त? मेरो बाबा र दाइले मेरो र आमाको लागि कहिले खाना पकाएनन, न त हाम्रो लुगा धोइए । समाजको गन्ने मान्ने मेरो बाबा जस्तो मान्छे ले त मान्छेको स्तर जागिर र कपडा मा देख्नुहुन्छ। मलाइ बेलैमा घर फर्कनु पर्छ भनी सिकाउनु भो तर मेरो दाइ लाई यस्ता कुरा सिकाइएन । मलाई बारम्बार नराम्रा मान्छे र व्यवहारबाट जोगिन भन्नू भयो तर मेरो दाइ लाई केटि जस्तो सुकै अवस्थामा भएनी सम्मान गर नराम्रो दृष्टिले नहेर भनी सिकाइएन । मलाई खाना पकाउन बुहारी भएपछी गाल नलेराआओस भनेर सिकाइयो तर मेरो दाइ लाई यस्ता कुरा सिकाइएन किनकि उस्को लागि नि कसैले सिक्दै छ नि कतै । जब कि जीवन जिउन यस्ता कुरा सबैले जान्नै पर्छ। मैले साथी बनाउने , बाहिर जाने, देखि धेरै कुरा मा घर को सल्लाह लिएरै हिड्नुपर्छ । धेरै चोटि हुदैन पनि सुनेको छु तेसैले मैले नाइँ हुदैन लाई नि सहजै स्वीकार्न सक्छु तर मेरो दाइ ले? उसले सक्ला? बाबा आमाले कहिले उस्ले भनेको कुरा मा नाइँ नै भन्नू भएको छैन। न कसैले नाइँ भने नराम्रो प्रतिक्रिया नगर्नु भनी सिकाइयो ।
दाई हस्यांग फस्यांग गर्दै आयो । के भयो भन्दै बाबा मम्मी ले मुसार्न लाग्नु भयो । पक्कै दाईलाई कसैले केहि गर्यो भन्ने भयो । म पनि बाहिर निस्केर के भएको बुझ्न खोजें । दाईले के भएको मुखै खोलेन । यत्तिकैमा एक हुल प्रहरी घरमा आयो र दाईलाई समात्न लागे । दाईलाई प्रहरीले हतकडी लगाएको देख्दा हामि अचम्मित भयौ । के गर्यो दाईले केहि अनुमान गर्न सकिएन । दाईलाई भ्यानमा राख्दै एकजना प्रहरी आएर बुवा संग कुरा गर्न लागे । हजुर को छोरा र उसका साथीले एक युवतीलाई एसिड छ्यापे, युवतीको पुरै अनुहार जलेको छ, उसलाई अहिले अस्पताल पठाइयो बाकि कुरा उतै गरौला बुझ्न आउनुहोला भन्दै हिडे ।
हामि सब छाँगाबाट खसेझै भयौ, मम्मी चिच्याएर रुन लाग्नु भयो, हे भगवान यो के गरेको, मेरो छोरा …… भन्दै । बाबा टाउको समाएर बस्नु भयो । म आफु के गरौ निर्कौल गर्नै सकिन । मम्मिलाई सुम्सुम्याउनु बाहेक तर भित्र भने एक अपराधि समातियो जो हामि सिंगो महिला को घटना को एक प्रतिनिथी पात्र हुन सक्छ लागिरह्यो । ठुलो दुख नि लागेन दाई का हिजोआजका चोकका क्रियाकलाप देख्दा मैले दाई लाई दाई नभएर एक खराव प्रवृतिको पुरुष देख्न थालिसकेको थिए । आफैलाई प्रश्न गरें । के अब यस्ता महिला ज्याजति र अपराध पुरुष द्वारा भैरहेको देख्दा सुन्दा आफनै दाईभाई लाई पनि पुरुषनै देखेर दाईभाईको सम्मान मन बाट आउन छोड्ने त हैन? यस्ता घटना बढेको देखिरहदा सिंगो पुरुष समुदायलाई नै अपराधि देख्नाले भोलिका दिन मा पारिवारिक सम्बन्ध र महत्वनै हराएर दुई पक्ष एक पिडित महिला र अर्को पीडक पुरुष देख्ने दिन त आउने हैन? यस्तो बिकरालले त परीवार नै चल्दैन त ! यो त पुरुष महिला दुवै पक्षको निम्ति सोचनीय विषय हो ।
आमाले भगवानलाई दोष दिनुभयो, बाबाले के गर्ने ग्रह दशा लागेपछि यस्तै हुदो रहेछ चिन्ता नगर मा केहि गर्छु भन्दै मम्मिलाई ढाडस दिनु भयो । यहाँ दोष भगवानको, ग्रहदशा को देखिन्छ, दाई को बानि, घर को संस्कार हैन । यसले त अझ जघन्य अपराध गर्दा गर्दै पनि अपराधि लाई आफु अपराधि नभएको र अन्य अपराध गर्न डराउने भन्ने नै हुदैन । मेरो मामा, काकाहरु सरकार, प्रशासनमा माथिल्लै दर्जामा छन्, म त दाईलाई कारवाही हुन्छ जस्तो पनि लाग्दैन, भाग्न समय पाएको भए पक्कै पनि नभेटिने गरि लुकाउनु हुन्थ्यो र दाई त्यहा छदै थिएन भन्ने शिद्ध हुन्थ्यो । अझै पनि कति चलखेल हुने हो, म साथीको बाट फर्किदा ढिला भएकै कारण गालि खाइरहदा दाइले यति ठुलो गल्तीमा भगवानको दोष हुन्छ । म त यहाँ दाई संगै बाबा मम्मिको अझ ठुलो दोष देख्छु जसले दाई लाई अपराधी बनायो । अझ अपराधि हैन भन्ने प्रमाणित गर्नेछन । अनि दाईको अझ हौसला बढ्ने छ , जे गरेपनि छुटिन्छ भन्ने अनि अर्को कोहि बहिनि सिकार हुनेछ । यस्तै कतै कोहि दाईले मलाई शिकार बनाउने छैनन् भन्ने छैन । पुरुष मानसिकताको नाई भन्ने सब्द सुन्ने र स्वीकार्ने दिन छिट्टै देख्न पाइयोस ।
महिला ज्याजति र अपराध पुरुष द्वारा भैरहेको देख्दा सुन्दा आफनै दाईभाई लाई पनि पुरुषनै देखेर दाईभाईको सम्मान मन बाट आउन छोड्ने त हैन? यस्ता घटना बढेको देखिरहदा सिंगो पुरुष समुदायलाई नै अपराधि देख्नाले भोलिका दिन मा पारिवारिक सम्बन्ध र महत्वनै हराएर दुई पक्ष एक पिडित महिला र अर्को पीडक पुरुष देख्ने दिन त आउने हैन? यस्तो बिकरालले त परीवार नै चल्दैन त ! यो त पुरुष महिला दुवै पक्षको निम्ति सोचनीय विषय हो ।