‘हमासको आक्रमणमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई इजरायलीसरह बिमा’
शिक्षाखबर डेस्क
२८ मंसिर २०८०, बिहीबार
no immg

धनगढी / नेपालका लागि इजरायली राजदूत हनान गोडरले बुधबार टीकापुरमा मृतक विद्यार्थीका परिवारलाई भेटेर हालै इजरायलमा हमासको आक्रमणबाट मृत्यु भएका नेपाली विद्यार्थीका परिवारलाई पनि इजरायली नागरिकसरह बिमा सुविधा दिइने बताएका छन् । मृतक परिवारका अभिभावकले राजदूतको टोलीसँग दुखेसो गरेका थिए ।

इजरायली राजदूतसहित दूतावासका प्रतिनिधिले इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारको कागजातसहित अभिलेख संकलन गरेका छन् । बिमा सुविधाको रकम परिवारको खातामा जम्मा हुने गरी व्यवस्था मिलाउने दूतावासका एक प्रतिनिधिले बताए । रकमबारे भने उल्लेख गरिएको छैन ।

टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान संकायका विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएकामध्ये दस जना विद्यार्थीको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो ।

प्रतिक्रिया