शिक्षा प्रणालिमा देखेको आवश्यक समायोजन : एक बिचार
शिक्षाखबर डेस्क
२ श्रावण २०७७, शुक्रबार
no immg

यस  संसारमा  सत्रुको रुपमा आफ्नै प्रजातिलाई लिने जीवित जन्तु मानब एक मात्र जन्तु हो जस्तो लाग्छ । अन्य जीव जन्तुलाई हेर्ने हो भने उनीहरुको सत्रु प्राय: अन्य प्रजाति हुन्छन । हरिण को लागी  बाघ सत्रु , कुखुरा को लागि स्याल, भ्यागुता को लागी सर्प ,सर्प को लागि गरुण सत्रु । यसरि सत्रुहरु को शृंखला पारिस्थितिक प्रणाली सन्तुलनमा राख्नको लागि मुख्य सुत्र नै हो । यो आवस्यकता पनि हो र प्रकृतिको  नियम पनि । यस्तो प्रकृतिको सन्तुलन को लागि हुने क्रिया प्रतिक्रियालाई  हामीले आत्मसाथ गर्नैपर्छ ।

ठ्याकै, यो एक प्रजातिको  सत्रु अर्को हुने शृंखला तोड्ने प्रणालीमा मानब देखिन्छ । मानिस को सत्रु मानिस नै विद्धमान रहेको इतिहास र बर्तमान हामीले देखिरहेका छौं । यसको कारण विश्लेषण गर्ने हो भने  कि त मानब सर्वश्रेष्ठ भएका कारण मानिसमा विजय गर्न सक्ने कुनै प्रजाति नभएर, प्रकृति संतुलनार्थक  मानब को सत्रु मानब रहने नियम हो कि त मानबिय  बुध्धीले उन्मत्तता  कारण एक आपसमा लड्न लागेका हुन ।

म आफ्नो बिचार प्रस्तुत गर्ने हो भने मानब को सत्रु मानब हुनुलाई प्रकृतिको नियम मान्न सक्दैन किनकि मानव बौद्धिकता यति सर्वश्रेष्ठ छ कि आफ्नो जनसंख्या कसरि नियन्त्रण गर्ने, कति मानव भार पृथ्वीलाई र प्रकृतिलाई उपयुक्त छ लगायतका तथ्य  र ज्ञान प्राप्त गरिसकेको छ।यति भैसकेपछि  मानब बिनासको आधार मानब हुनुपर्ने प्रकृतिक नियम  हैन र हुनुहुदैन जस्तो लाग्छ । रोगहरु , महामारीहरु ,प्राकृतिक वा भौगोलिक  प्रकोपहरु लाई भने  मानब संख्या नियन्त्रणको प्राकृतिक नियमको रुपमा स्विकार्नु पर्छ । जुन निरन्तर चलिरहेको छ र चलिरहन्छ ।

प्राकृतिक नियमले बिनाश पनि आवश्यकता अनुसार अपरिहार्य छ , यो सन्तुलनको आधार हो भनिरहदा सजिबले आफ्नो ज्यान र समुहलाई बिनास बाट बचाएर अघि बढ्न चाहनु एक धूर्बसत्यता हो । हरिण बाघ बाट बच्न खोज्छ ,भ्यागुता सर्प बाट र सर्प  गरुण बाट आदि सामान्य कुरा हुन । मेरो प्रश्न यो छ कि, हामी मानब को बाट बच्न चाहन्छौ त ? रोग, महामारि , प्राकृतिक  प्रक्रोप कि मानब नै ? यसको सहज उतर  तपाईहरु  भनिहाल्नु हुन्छ कि  सबै बाट । उत्तर गलत कसैले पनि भन्न सक्दैन र भन्न मिल्दैन पनि तर हामी मानिसहरु कतै के बाट बच्न पर्ने भन्दा मात्र मानब बाटै भन्ने मा बढी ध्यान दिईरहेका त छैनौं ?

चेतना अभिवृद्धि गर्न साथै व्यवहार परिबर्तन गर्न शिक्षा नै आधार हो । यो कुरा हामी सबैलाई थाहा छ, नयाँ पिडीलाई हामी कुन दिशा तर्फ डोहोर्याउने भन्ने पनि धरै हदसम्म शिक्षा प्रणालिले असर गर्दछ तर हाम्रो शिक्षा प्रणाली भने विश्वयुद्ध, देशभित्र घटेका युद्ध सम्बन्धि घटनाका बारेमा धरै, अनि महामारी, भोकमरी, स्वाथ्य क्षेत्रको बिषयमा थोरै ज्ञान दिने खालको छ । प्रथम ,दोस्रो विश्वयुद्ध कहिले भएको थियो कालापानी, कुमाउ, क्रितिपुर, नुवाकोटको आक्रमण कहिले कसले कसरि गर्यो भन्ने प्रश्नको उत्तर सामान्य बिध्यार्थी लाई भइरहदा प्लेगको  महामारी कोलेरा को महामारी इन्फ्लुएन्जा, टाईफस आदि कहिले महामारी बने ? र  कति मानिसको मृत्यु भयो ? हाम्रै देशमा के कस्ता महामारी आएका थिए त्यसले कस्ता समस्याहरु शिर्जना गरेको थियो ? कसरि निराकरण भयो ? कति ले ज्यान, धन गुमाए भन्ने कुरा भने स्वास्थ्य क्षेत्रको विज्ञ र चासो राख्न्नेलाई बाहेक थाहा हुदैन । यसको एक प्रतिफल हो कोरोना महामारीको बेला पूर्व सचेतना, आवस्यक बानि व्यवहार, शिक्षाको कमी देखिनु, जसको कारण संक्रमण तिब्र फैलियो । sanitizer, मास्क, पञ्जा, सामाजिक दुरी, क्वारेन्टाइन आदिको सहि प्रयोग र आवस्यकता थाहा नहुनु र तत्काल को ज्ञानले बानि बिकास गर्न गाह्रो परेर संक्रमण लाई अझ बढ्न प्रेरित गर्यो । त्यसैले यस्ता कुराहरु हामीले भोग्नु पर्दा मात्र होइन कि पहिले देखि नै शिक्षित समाज निर्माणमा शिक्षा प्रणालीको माध्यम बाटै ज्ञान प्रदान हुनु पर्ने थियो । त्यसैले मानिस मानिस संग कसरि बच्ने भनेर एक भाइचारा माथि सत्रुताको दृस्टी दिने नभई प्राकृतिक र जैविक (महामारी, रोगब्यादी) चुनौती माथि कसरि विजय पाउने भन्ने ज्ञान र बानि बिकास गर्न सकिने खालको शिक्षा प्रणाली आवस्यक रहेको छ ।

यसरि अब आउने पुस्तालाई युद्ध केन्द्रित नभए स्वास्थ केन्द्रित सोच उत्पन्न गराउने अभिभारा अब हाम्रो शिक्षा नीति र संचारका माध्यमहरुको पहलकदमिको रुपमा रहोस । जसले एकजुट र भाइचारा प्रदान गरि प्राकृतिक नियमको सन्तुलनमा मानव इतिहास र भविस्यको समयावधि अझ लामो बनाउन टेवा पुर्याएको देख्न पाईयोस ।

प्रतिक्रिया