नक्कली सर्टिफिकेट प्रकरणमा इशान हस्पिटलकी डाक्टर श्रद्धा शिल्पकार पक्राउ
शिक्षाखबर डेस्क
२६ श्रावण २०८०, शुक्रबार
no immg

काठमाडौँ – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली सर्टिफिकेट प्रकरणमा थप एक जना डाक्टरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा शिल्पकार रहेको सीआईबीका प्रवक्ता प्रहरी उपरिक्षक नवराज अधिकारीले नागरिकन्यूजलाइ बताए।

उनलाई सीआईबीले गएराति पक्राउ गरेको हो। शिल्पकार ललितपुर नगपालिका १८ हात्तिबन निवासी हुन्। उनलाई निवासबाटै पक्राउ गरिएको सीआईबीले जनाएको छ। उनको प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै सीआईबीलेअनुसन्धानको लागि पक्राउ गरेको बताइएको छ।

सीआईबीले नक्कली प्रमाणपत्रधारी डाक्टर माथि चलाएको अपरेसनमा अहिलेसम्म एक सांसदसहित ६ जना पक्राउ परेका छन्।नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्मासहित डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरीलाइ सीआईबीले हिजो पक्राउ गरेको थियो।

प्रतिक्रिया