१३ माघ, काठमाडाैँ। नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियु केन्द्रीय समितिले शिक्षामन्त्री शिशिर खनालको पुत्ला जलाएको छ।
शुक्रबार बिहान काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि अनेरास्ववियुले शिक्षा मन्त्रीको पुत्ला जलाएको हो।
मन्त्री खनालले निजी क्षेत्रलाई पोस्ने काम गरेको र गरिब विद्यार्थीलाई डस्ने काम गरेको आरोप लगाउँदै अनेरास्ववियुले विरोध गरेको हो।
खनाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदमा निर्वाचित भएका थिए। उनी हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका हुन्।