प्रदेशमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्छौं : मन्त्री दुलाल
शिक्षाखबर डेस्क
१६ माघ २०७९, सोमबार
no immg

१६ माघ, काठमाडाैँ। बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले प्रदेशका सबै माध्यामिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्ने बताएका छन् ।

मन्त्री भएपछि पहिलो पटक आइतबार सिन्धुपाल्चोक गएका उनले उक्त कार्यक्रम विद्यालयमा प्रभावकारी देखिएको भन्दै सबै माध्यामिक विद्यालयमा लागू गर्ने बताए ।

चौतारा साँगाचोकगढी नगरपालिका १४ स्थित डडुवाको श्री डडुवा भवानी शङ्कर माध्यामिक विद्यालयको ६२औंँ वार्षिकोत्सवका बोल्दै मन्त्री दुलालले विद्यार्थीको स्वास्थ्यका लागि कार्यक्रम आवश्यक भएको बताए ।

आफू सामाजिक विकासमन्त्री हुँदा कार्यक्रम सुरुआत गरिएको भन्दै उनले यसले आगामी आर्थिक वर्षको प्रादेशिक नीति तथा कार्यक्रममा उल्लेख गरी प्रत्येक माध्यामिक विद्यालयमा नर्स व्यवस्थापन गर्ने तयारी रहेको बताए ।

प्रतिक्रिया