गोरखा : ६५ वर्षका एक बाबुले १४ वर्षकी छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा आइतबार मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अनुसार गोरखा नगरपालिका- १३ का ६५ वर्षीय बाबुले जबर्जस्ती करणी गरेको भेटेपछि गत शुक्रबार गाउँलेले प्रहरीलाई खबर गरेका हुन् । वृद्धविरुद्ध जिल्ला अदालत गोरखाबाट आइतबारनै चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको महिला तथा बालबालिका सेवा केन्द्र गोरखाकी प्रहरी निरीक्षक कमला नरालले जानकारी दिइन्।
अनुसन्धानका क्रममा बाबुले जबर्जस्ती करणी गरेको स्वीकारेको उनले जानकारी दिइन्। ‘बाबुले शारीरिक सम्बन्ध भएको स्वीकारेको छ’, नरालले भनिन्, ‘घर पनि लामो टहरो रहेछ। पीडित किशोरी पनि सामान्य सुस्त रहिछन्। घरमा आमा र बाबुबाहेक अरू दुई/तीन जना नै सुस्त मनस्थितिका रहेछन्। सबै सँगै सुत्दारहेछन्।’ प्रहरी निरीक्षक नरालले यिनलाई पटक पटक करणी गर्ने गरेको बताइन्। ‘उनकी श्रीमतीले यसो नगर भन्दा पिट्ने गरेको रहेछ। अस्तिचाहिँ गाउँलेले पनि अति भएर हामो मझुवा प्रहरीलाई खबर गरेपछि नियन्त्रणमा लिएका हौँ’, उनले भनिन्। उनले एस्तो अपराधिक मानसिकता बोकेको जो कोहिलाइ पनि कानुन् बमोजिमको सजाय दिलाइ छाड्ने प्रतिबद्धता प्रकट गरिन् ।