सागर घिमिरेको कृषि तथा बन बिज्ञान विश्वबिद्यालयका प्राध्यापकलाई खुलापत्र
शिक्षाखबर डेस्क
२८ श्रावण २०७३, शुक्रबार
no immg

कृषि बिश्वोबिध्यालयका प्राध्यापकलाई खुलापत्र :

हरेक बिद्यालय होस् या बिश्वोबिध्यालय, त्यसको ख्याती बढाउने वा घटाउने भन्ने प्रमुख भूमिका श्क्षिकको हो | त्यसैले श्क्षिक सबैका मान्य हुन्छन् र बिद्यार्थीलाई शिक्षा दिने पथप्रदर्शक शिक्षक नै हुन् | राम्रा शिक्षक हुने बिद्यालय र बिज्ञ प्राध्यापक रहेका बिश्वोबिध्यालयको छुट्टै गरिमा हुन्छ, छुट्टै उचाई हुन्छ, छुट्टै गुणस्तरियता हुन्छ |

हरेक सामुदायिक बिद्यालयमा पनि एउटा नियम हुन्छ | जहाँ सरकारी तलब भत्ता खाएर अध्यापन गराउने शिक्षकले कुनै पनि निजि शैक्षिक संस्था संचालन गराउने र त्यहाँ अध्यापन गराउन पाइदैन |

तर, रामपुरको कृषि तथा बन बिज्ञान बिश्वोबिध्यालयको छुट्टै कहानी छ | रामपुरमा पढ्नको लागि कृषि संकायमा करिब ४ हजार बिद्यार्थीबीच प्रतिस्पर्धा गरेर १६५ जना भित्र पर्नु पर्दछ | अनि मात्र भर्ना पाउछन बिद्यार्थीले | समान किसिम को अनुपात ५० सिट रहेको पशु चिकित्सा र १६ सिट रहेको मत्स्य संकायमा रहेको छ | तर कुनै निजि कलेजमा भर्ना हुन सम्बधित बिश्वोबिध्यालय वा कलेज ले लिने परिक्षामा पास मात्र भए पुग्छ | मुख्यत: पैसाको आवश्यकता पर्दछ , पैसा धेरै भए Entrance नै नदिई पनि भर्ना पाउने सम्भावना रहन्छ | र अन्य निजि कलेजहरु चितवनको भरतपुरमा १० कि.मी. जतिको दूरीमा र तेस्तै काठमाडौँ , दाङ र बैतडीमा रहेका छन् |

तर अध्ययन अध्यापनको अवस्था बिश्वोबिध्यालयमा दयनीय रहेको छ | बिश्वोबिध्यालयमा सम्पूर्ण शिक्षकको लागि बिश्वोबिध्यालय परिसर भित्रै आवासको व्यवस्था छ | सम्पूर्ण बिद्यार्थीहरु जुनसुकै बेला कक्षाकोठामा पुग्न सक्छन् , तर पढाई हुदैन | बिश्वोबिध्यालयले दैनिक १० बजे देखि ४ बजे सम्मको पढाईको Routine जारी गर्दछ | दैनिक ६ घण्टाको Theory वा Practical कक्षा हुने व्यवस्था बिश्वोबिध्यालयको छ | तेस्तै Masters Programme तर्फ प्राय morning session मा पढाई हुन्छ | Phd सम्म को नै पढाई बिश्वोबिध्यालयमा हुन्छ |

तर , अचम्मको कुरा के छ भने दिनमा १ वा २ ओटा मात्र पनि कक्षा भयो भने बिद्यार्थीमा उमङ्ग छाउंछ | सायद अहिले सम्मका बिश्वोबिध्यालयका बिद्यार्थीले Routine अनुसारको पूर्ण कक्षा कुनैपनि दिन पढ्न पाएका छैनन् | आखिर किन हुदैन Routine मा कक्षा संचालन बिश्वोबिध्यालयको ???

Routine अनुसार कक्षा संचालन नहुने प्राध्यापकको फुर्सद नभएर हो | फुर्सद नहुने भए किन पढ़ाउछु भनेर course Assign गर्छन प्राध्यापकले ? अझ मुख्य कुरा त प्राध्यापकको फुर्सद चाहिँ किन हुदैन ? सोझो ढंगले बुज्नेले भन्न सक्छ सायद खोज अनुसन्धानको काममा ब्यस्त भएर होला फुर्सद नभएको कृषि बिश्वोबिध्यालयका बिज्ञ प्राध्यापकहरु को |
तर , रामपुरको आबस्था बेग्लै छ | प्राइभेट कलेजमा पढाएर र project को जागिर खाएर बिश्वोबिध्यालयमा पढाउछन् रामपुरका शिक्षकहरु | कुनै शिक्षक दिनरात बिश्वोबिध्यालयमा नै समयमा खटिएर बस्ने हुनुहुन्छ | उहाँहरुको हामी सम्मान गर्छौं | तर निजि कलेजमा पढाउन भरतपुर वा दाङ वा बैतडीसम्म पुगेर बिश्वोबिध्यालयको नियमित कक्षा बन्द गर्ने प्राध्यापकको सिन्डिकेट लाई के भन्ने ? सोझो रुपमा भन्ने हो भने बिश्वोबिध्यालयको स्थापना देखि नै अनिश्चितकालिन कक्षा बन्द गरिराखेका छन् तिनै प्राध्यापकले , जुन आज सम्म खुलेको छैन | कक्षा संचालन नै नगरी बन्द गराउने अधिकार रामपुरका बिज्ञ हरुले कसरि पाउँछन् ? ३० पिरियड पढाउन पर्ने ठाउँमा २/४ पिरियड पढाएर कोर्स सक्ने शिक्षकको list सायद १ पानामा अटाउदैन | कुनै प्राध्यापक हप्ते हुन्छन् | एक हप्ता निजि कलेज , अर्को हप्ता project , अर्को हप्ता घुमघाम र अन्तिम हप्ता रामपुरमा पढाउन आउने |

निजि कलेजमा गएर शिक्षकको list हेर्ने हो भने रामपुर को कृषि बिश्वोबिध्यालयका जिम्मेवार पदाधिकारी को नाम अग्र स्थानमा हुन्छ | निजि कलेजमा समयमा कक्षा गर्नुपर्दछ र त्यसको अनुकुलता मिलाउन रामपुरको class cancel गर्नुपर्दछ हाम्रा आदरणीय गुरुजनलाई | अझ आफु अन्यन्त्र ब्यस्त भएर Masters Programme मा अध्ययनरत बिद्यार्थीलाई मनलाग्दी किसिमले खेताला बनाएर bachelor programme मा पढाउन पठाऊछन् कतिपय गुरुजन |

सबै कुरा खोल्दा त बिश्वोबिध्यालयबाट पाउने Certificate नै नबिक्ला भन्ने पिरले पो सताउछ | शिक्षकले फुर्सद मिलाएर पढाउन आउने पनि routine अनुसार होइन | २/४ पिरियड पढाउन पनि बिद्यार्थीले फोन गरेर बोलाऊन पर्दछ | बिश्वोबिध्यालयले एउटा कक्षामा १ जना कर्मचारी बिद्यार्थी तोकेको हुन्छ | शिक्षकलाई फोन गर्ने कर्मचारी बिद्यार्थी | महिनाको ५०० भत्ता दिएर राखेका तिनै कर्मचारी बिद्यार्थी ( class representative-CR) नहुने हो भने त मुख नै देख्न पाइदैन शिक्षकहरु को |

राजनीतिक खोल ओढेर संरक्षित बनेका वा अन्य आडम्बर र बिज्ञताले ग्रसित बनेका प्राध्यापकहरुसंग एउटा मात्र आग्रह के छ भने कि त पढाउँछु भनेर course assign नै नगर्नुस कि routine अनुसार पढाएर विद्यार्थीको भबिस्य सुनिश्चित गर्नुस | बिश्वोबिध्यालयको quarter लाई डेरा बनाएर निजि कलेजमा लम्पट कस्ने कार्य बिश्वोबिध्यालय बिरोधि काम हो , बिज्ञता बिपरित हो , नैतिकता बिपरित हो , जुनसुकै दिन तपाईले नै ओढेर बसेको राजनीतिको खोलले बिद्यार्थी आन्दोलन मार्फत तपाइलाई प्रहार गर्न सक्छ | राजनीति बेथिति को लागि होइन बिश्वोबिध्यालयको विकासको लागि आवश्यक छ | विद्यार्थीको बैचारिक आस्थाको आधारमा अंक दिने होइन प्रश्न र उत्तर पुस्तिका जांच गरेर अंक दिने शिक्षकको अभाब खड्किएको छ रामपुरमा | अहिलेसम्म नपढाउने शिक्षकको बिरोध हुन नसक्नु Quiz र Practical मा marks घट्ने भय ले गर्दा हो | हामी आशाबादी छौ कि हाम्रा शिक्षक सुध्रिएर हामीलाई समेत सिकाउनु हुनेछ

प्रतिक्रिया