कपिलवस्तु , समुन्द्र सतह देखि मापन गर्दा ९३ मिटर देखि १४९१ मिटर को उचाई मा रहेको यस जिल्ला कृषि उत्पादन र प्रवर्द्धन को लागि मुख्य केन्द्र बन्न सक्ने सम्भावना बोकेको जिल्ला हो । पर्यटकिय यस क्षेत्र लाई हामी अझै पर्यटन हरु लाई आकर्षण गर्न को लागि कपिलवस्तु लाई कृषी पर्यटन को केन्द्र पनि बनाउन सक्छौ । उष्ण प्रदेशिय हावापानी पाइने जिल्ला विभिन्न खाल का कृषि उपज को उत्पादन साथै ब्यवस्थापन को उच्च क्षमता रहेको छ । समथर तराई देखि तल्लो चुरे पहाड सम्म फैलिएको कपिलवस्तु देश कै मद्य भागमा अवस्थित हुनाले कृषी बजार संकलन केन्द्र र निर्यात को पनि केन्द्र बन्न सक्ने देखिन्छ । यसै बिच आज हामिले कृषी क्रान्ति को देशब्यापी नारा को उद्गम बनाउन कस्ता सम्भावना रहेका छ्न र साथ साथै कस्ता समस्या ले गर्दा कपिलवस्तु मा आसा गरेजस्तो कृषि बाट लाभ लिन नसक्नु को कारण बनेको छ आजको हाम्रो प्रस्तुति रहने छ ।
कपिलवस्तु अन्न बालि, दलहन बालि , नगदे बाली को खेति र पशुपालन र मत्स्य पालन मा प्रचुर सम्भावना बोकेको जिल्ला हो । यहाँ को माटो बलौटे, बलौटे दोमट देखि चिम्टाइको सम्म पाइएको छ । माटो को बिबिधता हेर्ने हो भने यहाँ बलौटे माटो रुचाउने देखि चिम्टाइलो माटो चाहिने सम्पुर्ण कृषि उपज को उत्पादन गर्न सकिन्छ ।
सुरुमा कपिलवस्तु मा अन्न बाली मा रहेको सम्भावना तर्फ लागौ । कपिलवस्तु को मुख्यतः दक्षिणी भाग जुन अलि कम उचाई र चिम्टाइलो माटो भएको छ त्यस्मा धान खेती को लागि अती नै उपयोगी देखिएको छ । पानी रहिरहन सक्ने क्षमता जसलाई water holding capacity भनिन्छ माटो को त्यो गुण बढी भएको ले धान को उत्पादन प्रचुर मात्रा मा हुने देखिन्छ । तराई तथा भित्री मधेस को लागि सिफारिस गरिएका मन्सुली जानकी साबीत्रि राधा ४ लगायत का धेरै धान का जात हरु को खेती गर्न सकिन्छ । साथै उक्त क्षेत्र दलहन बाली ( दाल जन्य खेती) मा मुसुरो , चना को उत्पादन पनि राम्रो मानिएको छ ।
अब कपिलवस्तु को उत्तरी भाग को कुरा गरौ जहाँ कपिलवस्तु को सिमाना पहाड सम्म जोडिएको छ । पानि जम्ने समस्या नभएको क्षेत्र मा नगदे बाली कै रुप मा ब्यवसायिक रुपले केरा खेती को सम्भावना प्रचुर देखिन्छ । हाल सम्म ब्यवसायिक केरा खेती ले यहाँ फड्को मार्न नसकेको र नया ब्यवसाय गर्ने हरुको लागि संभावना बोकेको क्षेत्र हो ।
संभावना कै कुरा गर्दा देश को मुख्य नगदे बाली उखु को बारेमा चर्चा गरौ । कपिलवस्तु पहिले देखि नै उखु खेती मा लागेको हो तर अहिले भने कपिलवस्तु मा भएको चिनी मिल बन्द भएपछी यस्को बजार ब्यवस्थापन मा ठूलो समस्या खडा भएको छ । तथापि उत्पादन को हिसाब ले उखु खेती पनि राम्रो सम्भवित ब्यवसायिक कृषि हो ।
यी रहे खेती का कुरा । कपिलवस्तु खेती मात्र नभएर पशु पालन मा पनि उतिकै संभावना बोकेको जिल्ला हो ।एकैछिन हामी मत्स्य पालन तर्फ हेरौ । कम गहिराइ मै पानी भेटिने र अघि भनिएझै पानी रहिरहने क्षमता बढी भएको ले माछा पालन लाई कपिलवस्तु को पकेट खेती को रुपमा अघि बढाउन सकिन्छ । कपिलवस्तु मा माछा को खपत बढी रहेको एक श्रोत को जान्कारी छ । साथै नजिक रहेका जिल्ला हरु मा माछा पालन नफस्टाएको ले गर्दा बजार को राम्रो संभावना का कारण किसान हरु का लागि राम्रो ब्यवसाय हुने देखिएको छ । रोहु नैनी भाकुर जस्ता स्वदेशी माछा हरु को पालन बढी भएको ले । माछा पालन लाई ब्यवसायिक बनाउन र मनग्य आम्दानी गर्न को लागि common carp, grass carp, bighead carp जस्ता बिदेशी माछा हरु को बहुजातिय पालन ले पोखरी को सम्पुर्ण भाग को दाना र हरेक किसिम मा प्राणिजन्य र बनस्पती जन्य आहार को उपयोग हुने हुदा उत्पादकत्व बढ्ने देखिन्छ । साथै एकल जातिय प्रणाली मा टिलापिया प्रजाती को पनि राम्रो उत्पादन लिन सकिन्छ ।
साथै कुखुरा पालन अर्को ब्यवसायिक तवर ले कपिलवस्तु लाई चिनाउन सक्ने उपज हो । कुखुरा पालन मा मासुजन्य उत्पादन को लागि ब्रोइलर र साथै टर्की , गिरिराज को पालन गर्न सकिन्छ । पानी र यातायात को राम्रो सुविधा र क्षेत्रीय बजार बुटवल पनि नजिक हुनाले उत्पादित बस्तु को बजार नपाउने समस्या नरहेको किसान हरुको प्रतिक्रिया रहेको छ । साथै अन्डा उत्पादन गर्नको लागि लेयर्स कुखुरा को पालन अहिले बढ्डै गैरहेको छ र किसानगरु यश ब्यवसाय बाट सन्तुष्ट पनि छ्न । अहिले कपिलवस्तु अन्डा मा लगभग आत्मनिर्भर छ र नजिक का जिल्लाहरु अर्घाखाँची रुपन्देही मा निर्यात गरिरहेको छ ।
यहा बेमौसमी तरकारी खेती को पनि उतिकै सम्भावना छ । हरित गृह , प्लाष्टिक टनेल भित्र खेती गरि राम्रो उत्पादन गर्न सकिने भएता पनि ज्ञान र सीप को कमि ले गर्दा बेमौसमी तरकारी खेती फस्टाएको देखिदैन ।
अर्को कपिलवस्तु मा राम्रो माग भएको कृषि उपज हो च्याउ । कपिलवस्तु मा रहेका तरकारी पसल हरु मा कन्ये र गोब्रे च्याउ को राम्रो माग रहेको बताउँछन् । च्याउ खेती गर्दै आइरहेका किसान हरु लाई सोध्दा च्याउ खेती बाट थोरै लगानी मै ४ गुना सम्म फाइदा पाएको बताएका छ्न ।
गाई पालन भैंसी पालन बङुर पालन मा पनि उतिकै संभावना बोकेको जिल्ला हो । समतल भुभाग मा पनि बिबिधता बोकेको कपिलवस्तु कृषि पर्यटन को उद्गम बनाउन सकिने संभावना नै संभावना बोकेको जिल्ला भनेर भन्दा फरक पर्दैन ।
हामीले अहिले सम्म कपिलवस्तु मा कृषि क्षेत्रमा भएका सम्भावना को बारेमा चर्चा गरिसकेका छौ । अब हामी एकपटक कृषि मा प्रयाप्त सम्भावना भएता पनि आसातित उपलब्धि नहुनु का का कारण तर्फ कुरा गरौ ।
कृषक हरु माझ मा कृषि मा सोचेअनुसार को प्रगती किन छैन भन्ने बिषय मा अन्तर्कृया गर्दा मुख्यत परम्परागत कृषि नै गरिरहेका र आधुनिक ब्यवसायिक कृषी बारे जानकारी नभएको पाईयो । देश को मध्य भाग मा रहेको सुविधासप्पन्न जिल्ला मा कृषि बिसय को औपचारिक साथै अनौपचारिक शिक्षा प्रदान गर्ने संस्था को एकदमै कमि रहेको छ । कृषी ज्ञान लाई किशान समक्ष पुर्याउन मोफसल मा रहेका सन्चार का साधन पनि खासै अग्रसर नभएको पाईएको छ । तसर्थ कपिलवस्तु बासि हरु मा कृषि ज्ञान को कमि हुनु एउटा कृषि मा फड्को मार्न नसक्ने कारण देखिएको छ । आसा छ सम्बन्धित निकाएहरु मा यो कुरा ले अवस्य घचघचाउने छ ।
अर्को चुनौती रहेको छ, भारत सङग को खुला सिमाना। कपिलवस्तु को दक्षिणी भाग मा भारत पर्दछ र जहाँ बाट खुल्ला रुपमा कृषि उपज को आवतजावत भैरहेको छ । नेपाल मा कृषि उत्पादनमा लाग्ने लागत भन्दा भारत को लागत कम पर्ने कारण ले होला उता बाट यता सामन आउँदा सस्तो पर्ने र भारतीय सामन को उपलब्धता ले नेपाल का किसानहरु लाई ठूलो समस्या परिरहेको पाईएको छ । राम्रो मूल्य पाउने बेला मा भारत बाट ठुलो परिमाण मा तरकारी फलफुल आइदिने र यहाको लागत भन्दा सस्तो मा भारतिय उत्पादन पाइनु हाम्रो लागि ठूलो समस्या रहेको छ । दुख गरेर उत्पादन गरेको सामान को फल खाने बेला मा काम गर्ने कालू मकै खाने भालु भनेजस्तो भएको एक किसान को गुनासो रहेको छ । यसरी खुल्ला कृषि उत्पादन को पारबहन किसान का लागि ठुलो समस्या रहेको छ ।
अर्को समस्या छ रास्ट्र को लगानी , कृषी सामाग्री को उपलब्धता मा रास्ट्र को अनुदान, कम मूल्य तथ छुट भन्ने पाइएको छैन । सम्पुर्ण राजनितीक दल को मुख्य एजेन्डा मा कृषि मा लगानी भनिएता पनि ती कुरा हरु बिधान मा मात्र सिमित रहेका छन र केहि योजना हरु कर्यक्षेत्र मा आएका छन भनेपनी तिनिहरु सहज छैनन । विभिन्न बैंक तथा बित्तिय संस्था ले दिने भनेका कृषि ऋण , अनुदान प्रक्रिया साह्रै गाह्रो , संबंधित निकाय को ढिला सुस्ती साथै पावर हुनेको लागि मात्र रहेको किसान हरु बताउँछन् ।
अर्को कुरा कपिलवस्तु मा कृषक हरु को साथै कृषी ब्यवसायी हरुको सङ्ग संगठन को पनि सक्रियता देखिदैन त्यसैले गर्दा कपिलवस्तु मा कृषि उपज मा मनपरि मूल्य वृद्धि साथै बिचौलिया को एकाधिकार जस्तो समस्या पनि यहा का किसान हरु को लागि चुनौती को बिषय रहेको छ । यस्तै यावत कुराहरु समस्या का रुपमा रहेका छन ।
लेखक देउराली कृषि फारमका संचालक एवं कृषक सन्देश कार्यक्रम प्रस्तोता पनि हुन्।