विश्वकै उत्कृष्ट शिक्षकहरुमा नेपालका विनोद शाही टप ४०मा
शिक्षाखबर डेस्क
६ चैत्र २०७४, मंगलवार
no immg

५ चैत, काठमाडौं । लन्डनकी एक महिला शिक्षक विश्वकै उत्कृष्ट घोषित भएकी छन् । उनले १० लाख अमेरिकी डलर अर्थात् करिब १० करोड रुपैयाँ पुरस्कार पाइन् ।

दुबईमा आयोजित भार्की फाउन्डेसन ग्लोबल टिचर प्राइजमा लन्डनको अल्पर्टोन सामुदायिक स्कुलमा आर्ट्स र टेक्सटाइल्स पढाउने एन्ड्रिया जाफिराकोउ उत्कृष्ट घोषित भइन् ।

विश्वका उत्कृष्ट शिक्षकहरुको सूचीमा नेपालका विनोद शाही पनि अटाएका छन् । शाही माथिल्लो डोल्पास्थित श्री यांगर गुम्बा प्राथमिक विद्यालयका शिक्षक हुन् ।

प्रतिक्रिया