बाहिर ग्ल्यामरस देखिने नर्सका भित्री पिडा
शिक्षाखबर डेस्क
२३ चैत्र २०७४, शुक्रबार
no immg

चितवन/ एस.इ.इ र जोड २ अध्ययन पश्चात छात्रा बिद्यार्थी र अभिभाबकको पहिलो रोजाइमा पर्छ नसिङ संकाय तर लाखौ लगानी गरेर अध्ययन गरे पनि यस पेशाका आफ्नै पिडाहरु रहेका छन । रोजगार पाउन गाह्रो पाइहाले पनि लगानी र पढाइको स्तर अनुसारको उचित पारिश्रमिक पाइरहेका छैनन ।

1. कावासोती घर भई २ बर्ष पहिले भारतको बयाङ्लोरबाट बिएसी नर्सिङ अध्यन पूरा गरेर १३ महिना volunteers गरेपछी रिना शर्मा ( नाम परिवर्तन ) अहिले भरपुरकै एक निजि हस्पिटलमा कार्यरत छिन् । करिब १५ लाख खर्चेर अध्यन गरेकी उनको मासिक तलब कति होला ? (३० हजार, ३२ हजार वा सो भन्दा बढी ??) मासिक पारिश्रमिक कति हुन्छ भनी सोद्धा मुसुक्क हाँस्दै उनले भनिन् ८ हजार ।

2. गैंडाकोट घर भइ डिप्लोमा तहको नसिङ अध्यन सकेपछी करिश्मा गुरुङ (नाम परिवर्तन ) भरतपुरको निजि अस्पतालमा काम गर्न थालेको करिब ४ महिना हुन लाग्यो । अहिले उनको तलब ७ हजार छ । १७ महिला volunteers गरेकि उनले अत्यन्तै थोरै तलबमा भएनी जागिर पाएकोमा निकै फुरुङ थिइन् ।
एति तलबले तपाईंलाई खर्च पुगेको छ त भन्ने प्रश्नको उत्तरमा मलिन् अनुहार लगाउँदै टाउको हलाउँदै छैनको इसारा गरिन् ।

3. ३ बर्ष पहिले नर्सिङ सकेपछि बल्ल तल्ल volunteers गर्न पाएकि भन्डाराकी उर्मिला घिमिरे (नाम परिवर्तन ) २३ महिना लामो volunteers पछि तलबको कुरा गर्न जाँदा “अयोग्य, असक्षम र अल्छी” को बिल्ला भिर्दै कामबाट निकालिएको आज ४ दिन भएको छ ।

4. यी ३ जना त प्रतिनिधि पात्र मात्रै हुन् , जसले धेरै रकम खर्चेर राम्रो कमाई होला भनी नर्सिङ विषय अध्यन गरेका थिए ।
यस्तो मानसिक रुपमा पीडा भोगिरहेका नर्सले दिने सेवा कतिको प्रभाबकारी रहन सक्ला ? पछिल्लो समयमा नर्सका अभिभावकहरु झन् ठूलो पिडामा परेका छ्न् । ” छोरी अस्पतालमा नर्स छिन् तलबले लाउन खान पुग्दैन त्यसैले अलिकती पैसा र चामल लिएर आएको ” चौबिसकोटिमा भेटिएका लम्जुङ बाट आएका एक नर्सका अभिभावकले भन्दै गर्दा मन नै ज्यादै खिन्न भएको थियो ।

5. नेपालमा नर्सहरुको उत्पादन धेरै र माग कम हुने हुँदा हजारौं नर्सको श्रमशोषण हुने गरेको पाइएको छ । अहिले नेपालको सरकारी अस्पतालमामात्र २० हजार भन्दा धेरै नर्सको कोटा छ, त्यसमा करिब १० हजार मात्र काम गरिरहेका छन् । सरकारले न्युनतम पारिश्रमिक तोकेर अस्पतालमा नर्स प्यासेन्ट रेसियो नराखेकै कारण नर्सहरु श्रमशोषण भोग्न बाध्य भएको नेपाल नर्सिङ एशोसियसनको अध्यक्ष तारा पोखरेलले बताइन् ।

6. नेपाल सरकारले पनि बिश्व स्वास्थ संगठनको मापदण्डमा हस्तान्तरण गरेको छ । बिश्व स्वास्थ संगठनले जनरल वार्डमा १ नर्सले १ देखि ६ जना बिरामी, सुत्केरी वार्डमा २ नर्स १ बेड, आइसियु/ सिसियु मा १ नर्स १ बिरामी, पोस्ट अपरेटिब वार्डमा १ नर्स १ बिरामी, अपरेसन थ्रयटरमा १ टेबल ३ नर्स हुनुपर्ने मापदण्ड बनाएको छ । १ नर्सले ४० देखि ५० जना सम्म बिरामी हेर्नुपर्ने अबस्थाले बिश्व स्वास्थ संगठनको मापदण्डलाई ठाडै अशिकार गरेको देखिन्छ ।

7. नेपाल नर्सिङ संघले हामिलाई दिएको जानकारी अनुसार हाल सम्म सो संघमा दर्ता हुने नर्सको संख्या ७८ हजार ६ सय ५७ छ । जसमा एनम ३१ हजार ५ सय ८९ स्टाफनर्स ४५ हजार १ सय ३९ नर्सिङ पेसामा आबद्ध छन् । तथापि बिरामी नर्स रेसियो मिलाउने हो भने पनि यो संख्या अपुग भएको देखिन्छ ।

तस्बिर:- गुगल

प्रतिक्रिया