कृषी तथा वन विज्ञान विश्वविध्यालय देशको एकमात्र प्राविधिक विश्वविध्यालय हो । नेपाल जस्तो कृषि प्रदान मुलुकमा कृषिकै विश्वविध्यालय खोलिदा सबैलाई गर्व लाग्छ । यसमा कृषि, पशु बिज्ञान ,मत्स्य बिज्ञान र वन बिज्ञानको पढाइ हुन्छ। चितवनको रामपुरमा अवस्थित यस विश्वविध्यालय अन्तर्गत स्नातक तहमा कृषि संकायमा रामपुर र ४ वटा आंगीक क्याम्पसहरु पुरन्चौर कास्की,कपिलाकोट सिन्धुली,पाख्रिबास धन्कुटा र टिकापुर कैलालीमा कृषि ,पशु बिज्ञान पशु चिकित्शा तथा मत्स्य संकाय, रामपुरमा भेटेरिनारी तथा मत्श्य बिज्ञान र वन संकाय हेटौडामा वन बिज्ञान र सम्बन्धित विषयहरुमा स्नातकोत्तर पढाइ हुन्छ। कृषि,पशुपालन्,मत्स्यपालन आदिको प्रचुर सम्भावना बोकेको हाम्रो देश नेपालमा यो विश्वविध्यालय खोलिएर यि क्षेत्रहरुलाई प्राविधिकरण्,व्यवसायिकरण र उत्पादनमुखी बनाउन कोसेढुङ्गा नै साबित हुन्छ भन्ने सबैको विश्वास र अपेक्षा थियो । तर स्थापनाको ८ औ वर्ष भइ विश्वविध्यालयमा पदाधिकारीहरुको दुइ दुइ कार्यकाल सकिने बेला आइसक्दा पनि विश्वबिद्यालय बामे सर्न सकेको छैन ।
संकायहरुका डिन्, विश्वविध्यालयका रजिस्टार्,उपकुलपती लगायत सबै पदाधिकारिहरु राजनितिक भागबन्डामा नियुक्त हुनु,शिक्षकहरुले आफ्नो विषय कक्षा तालिका अनुसार पढाउनुको सट्टा परिक्षाको तालिका प्रकाशित भएपस्चात बल्ल दुई चार दिन लस्याङ-पस्याङ गर्दै पढाएर कोर्ष सिध्याइदिनु, प्राक्टिकल हुनु त कहाँ हो कहाँ ,शिक्षक हरु महिनौ दिनसम्म NGO,INGO,private college लगायतमा जागिर गर्न गएर विश्वविध्यालयमा part time job गर्न आएजस्तो गरेर व्यस्त हुनु,शिक्षकहरुले गर्ने फोहोरी राजनीति,यतिसम्म कि पढाउन आएका शिक्षकहरु कलम बन्दको आन्दोलन छ भन्दै हप्तौ विध्यार्थिलाइ पढाउन नआउनु,विध्यार्थी लाई प्रयोगात्मक परीक्षा,आन्तरिक परिक्षामा समेतमा मेरो पार्टीको हो या हैन भनेर नम्बर दिदा विभेद गर्नु,विद्यार्थीहरु एक नहुनु,विध्यार्थी सङठन हरु सिमित पार्टिका शिक्षकहरुको स्वार्थमा प्रयोग हुनु आदि विश्वविध्यालय विकास नहुनुका कारणहरु हुन। विध्यार्थिलाइ सिकाइको लागि भ्रमण लान,प्राक्टिकलहरु नियमित गराउनका लागि ल्याब सामाग्रीहरु खरिद गर्न, रिसर्चमा प्रोत्साहन गर्न,इन्टर्न पठाउन, विध्यार्थिको होस्टेल मर्मत गर्न,होस्टेलमा WIFI जडान गर्न,नियमित सरसफाइ गर्ने कर्मचारी पठाउन आर्थिक अभाव छ भनेर नाटक गर्ने तर डिन,रजिस्टार उपकुलपती आदिलाइ नया नया गाडी फेरिरहन, राजधानिका नामुक होटेलहरुमा गएर मिटिङ गर्न, हप्तौ,महिनौ विदेश घुम्न, नया विध्यर्थिहरुको प्रवेश परिक्षाका बेला दिनहु शिक्षक,कर्मचारी र पदाधिकारिलाइ मासु भात खान आदिमा जति पनि उढाउन सक्ने ,विश्वविध्यालयका ज्यालादारी कर्मचारी भनेर भर्ना गर्ने अनि पदाधिकारिले आफ्नो घरमा लगेर प्राइभेट काममा दलाउने,पार्टिका नाममा शिक्षक,कर्मचारी भर्ती गराउने लगायतका पदाधिकारिहरुको नियतको कारणले गर्दा विश्वविध्यालय धराशयी बनेको छ। विश्वविध्यालय भित्र पदाधिकारिहरु बाहेक अन्यको काम पर्यो भने महिनौ सम्म ढिलासुस्ती गरिदिने, उदाहरणको लागि बिध्यार्थी बस्ने होस्टेलमा WIFI जडान गर्नको लागि नेपाल टेलिकमको नेट को तार बिछ्याको ५ महिना बितिसक्दा हरेक होस्टेलमा एउटा Testing device ROUTER जडान गरेको ३ महिना बितिसक्दा पनि काम सम्पन्न हुन सकेको छैन । परिक्षा नियन्त्रण कार्यलयले परिक्षाको तालिका ,परीक्षा फर्म खुलाउन ढिला सुस्ती गर्ने,पछिल्लो सेमेस्टरको परीक्षा सकिदा सम्म पनि अघिल्लो सेमेस्टरकै परिक्षाफल प्रकाशित नहुने आदि । यस्ता उदहरण त कति छन कति। यस्तै यस्तै विविध कारणहरुले गर्दा शैक्षिक गुणस्तर वृद्धि हुनुको सट्टा खस्किएर विश्वविध्यालय झन झन धरासयी बनिरहेको छ । सबैको अपेक्षा र विश्वास हराउन थालेको छ । यति मात्र के हुनु विश्वविध्यालय स्थापना भइ एउटा व्याच समेत पास भएर ननिस्की लाखौको चलखेलमा विशविध्यालयलाइ निजिकरण गर्न शैक्षिक माफियाहरुको पृस्ठपोषण गर्दै निजिकरणका लागि उद्दत भएर लागेका पदाधिकारिहरु आफू लागि परेरै यसका लागि नेताहरुलाइ भेट्न जान्छन तर विध्यार्थी आन्दोलनका कारण अहिले तत्काल उक्त प्रकिया स्थकित भएका छन।गएको साल साउन/भदौमा अखिल (कान्तिकारी ) प्रचन्ड र विप्लब नेतृत्वले आधिबेरी नै ल्याउने सशक्त आन्दोलन गरेर उक्त प्रकृया स्थकित गराएका हुन । के अब हामी आफै सोचौ त यस्तो विश्वविध्यालयमा पढेका किसान,मजदुरका छोराछोरिहरु दक्ष जनशक्ती बन्न्न सक्छन? देशमा विध्यमान परम्परागत पछौटे कृषि प्रणालिलाइ सुधार गर्दै प्रबिधिमुखी,आधुनिक,उत्पादनमुखी र व्यवसायिक बनाउन सक्लान कि नसक्लान गम्भीर प्रश्न खडा भएको छ,बहस गर्नुपर्ने विषय बनेको छ। वर्षेनि ४-५ हजार विध्यार्थिहरु कृषि बैज्ञानिक ,पशु चिकित्सक,मत्स्य बैज्ञानिक ,फोरेस्टर बन्ने आभिलाषा लियेर पबेश परीक्षा दिइरहेका हुन्छन । अव सोच्ने बेला आएको छ । विश्वविध्यालय शुधारका लागि विधार्थी एक हुन जरुरी छ,निर्णायक आन्दोलन छेड्न जरुरी छ,शिक्षकले विश्वविध्यालय मा नै ध्यान केन्द्रित गर्नु जरुरी छ,पदाधिकारिहरुको नियत सुध्रिन जरुरी छ ।
लेखक नगेन्द्र दहाल कृषि तथा बन बिज्ञान बिश्वबिद्यालय रामपुर, सातौ सत्रान्त पशु बिज्ञान, पशु चिकित्शा र मत्श्य संकाय (भेटेरिनरी) मा अध्ययनरत छन् भने प्रचण्ड नेतृत्वको अखिल (क्रान्तिकारी) विश्वविध्यालय समितीका अध्यक्ष पनि हुन् ।