शैक्षिक हब बन्दै नेसनल कलेज अफ कम्प्युटर स्टडिज
शिक्षाखबर डेस्क
१९ भाद्र २०७५, मंगलवार
no immg

नेसनल कलेज अफ कम्प्युटर स्टडिज, पकनाजोल, काठमाडौंमा सन् १९९९ मा स्थापना भई सञ्चालनमा रहेको नेपालको आइटी क्षेत्रको स्थापित कलेज हो । कलेजले सन् २००२ बाट त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबाट स्नातक तहको ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट (बिआइएम) विषयको सम्बन्धन प्राप्त गरी कक्षा सञ्चालन गरेको थियो । हालसम्म आइपुग्दा त्रिभुवन विश्वविद्यालयबाट लिइएको परीक्षामा कलेजका विद्यार्थीले प्रदर्शन गरेको अब्बल नतिजाले कलेजको गुणस्तरीयता र उत्कृष्टता प्रदर्शन गरेको देखिन्छ ।

कलेजको गुणस्तरीयता र उत्कृष्टताको उच्च मूल्यांकन गर्दै त्रिविबाट सन् २०१० मा व्यवस्थापन संकायको ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी (बिएस्सी सिएसआइटी) सम्बन्धन प्राप्त गरी हाल ती सबै कार्यक्रम सञ्चालनमा रहँदै आएका छन् र यी सबै कार्यक्रममा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको छ ।

सबैका लागि शिक्षा र विकासका लागि शिक्षा भन्ने अवधारणालाई आत्मसात् गरेर आय–आर्जनको वर्तमान अवस्थालाई समेत ध्यानमा राख्दै ज्यादा आर्थिक भार नपर्ने गरी गुणस्तरीय, रोजगारमूलक, सीपमूलक र उत्पादनमूलक शिक्षा प्रदान गराउन कलेज कटिबद्ध रहेको छ । कलेजले शैक्षिक गुणस्तरलाई ध्यानमा राख्दै अनुभवी एवं कुशल शिक्षकद्वारा पठनपाठन गराउँदै आएको र भविष्यमा पनि निरन्तरता दिनेमा कलेज प्रशासन प्रतिबद्ध देखिन्छ ।

यसका अलाबा प्रयोगात्मक कक्षालाई थप प्रभावकारी बनाउन सूचना प्रविधिका लागि उच्चस्तरीय कम्प्युटर ल्याबहरू, उच्चगतिको इन्टरनेट सुविधा, वाइफाईको समेत व्यवस्था कलेजले गरेको छ भने होटेल म्यानेजमेन्टकोे प्रयोगात्मक कक्षाका लागि पाँचतारे होटेलको सुविधाअनुरूपको किचन रुमहरूको व्यवस्था गरिएको छ ।

साथै आवश्यकताअनुसार विभिन्न पाँचतारे होटेलको भ्रमण गराउँदै आएको छ । बजारमा सही पाठ्यपुस्तकको अभावमा विद्यार्थीले पाठ्यपुस्तक नपाउने समस्यालाई ध्यानमा राख्दै कलेजले कलेजकै पुस्तकालयबाट सबै कार्यक्रमका विद्यार्थीलाई पुस्तक उपलब्ध गराउने गरेको छ ।

यसका अतिरिक्त कलेजले विद्यार्थीमा रहेको सिर्जनशीलता र व्यक्तित्व विकास गर्ने उद्देश्यले पठनपाठनको अलाबा सेमिनार, वर्कसप, आइटी मिट अफ, इभेन्ट म्यानेजमेन्ट प्रोग्राम, इसिए, कल्चरल प्रोगाम सञ्चालन गर्ने गरेको छ ।

जसले गर्दा यस कलेजबाट उत्पादित शैक्षिक जनशक्तिमा उनीहरूको पेसागत दक्षता अभिवृद्घि भएको पाइन्छ भने अर्कोतर्फ प्रतिस्पर्धात्मक क्षमतामा समेत थप हौसला प्रदान गरेको देखिन्छ । यसका साथै कलेजका विद्यार्थीले खुलेर आफ्ना भनाइ राख्न सक्ने क्षमताको विकासका लागि नेतृत्व विकाससम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसै शैक्षिक सत्रबाट यस कलेजले स्नातक तहका बिसिए÷बिबिएम कार्यक्रम सञ्चालन गर्न त्रिविबाट प्रक्रिया प्रारम्भ गरी सम्बन्धन प्राप्तिको पर्खाइमा रहेको छ । त्यस्तै स्नातकोत्तर तहका कक्षाहरू सञ्चालन गर्नसमेत आवश्यक पूर्वाधार तयार गर्न कलेज व्यवस्थापन दत्तचितका साथ लागिपरेको छ ।

यस कलेजले त्रिविको स्नातक तहका कक्षाका अलाबा भगिनी संस्थाका रूपमा सफ्टवेयर डेभलभमेन्ट, एकदेखि बाह्रसम्मको विद्यालय तथा राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालित दश जोड दुई कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । भविष्यमा यस शैक्षिक संस्थालाई एनसिसिएस शैक्षिक हब बनाउनेतर्फ कलेज व्यवस्थापन योजनाबद्ध तरिकाले लागिपरेको छ ।

राजन पौडेल एनसिसिएसका प्रमुख संयोजक हुन्  ।

प्रतिक्रिया