पायल्सको उपचार गर्न
शिक्षाखबर डेस्क
५ आश्विन २०७५, शुक्रबार
no immg

पायल्सलाई मेडिकल भाषामा हेमोरोइटर्स भनिन्छ । मुख्यतया पायल्स तीन चरणका हुन्छन् । पहिलो चरण भनेको पायल्सका बिरामीलाई दिसा गर्दा दिसामा रगत देखापर्ने गर्छ । दोस्रो चरण भनेको दिसा गर्दा दिसा सँगसँगै केही वस्तु बाहिर आएकोजस्तो अनुभव हुन्छ र बाहिर केही वस्तु निस्किन्छ पनि । तर, बाहिर निस्किने र दिसा गरिसकेपछि आफैँ भित्र पस्ने गर्छ । पायल्सको उपचार यसरी गर्न सकिन्छ :

यदि दिसा नियमित साह्रो भएको खण्डमा दिसालाई नरम बनाउने औषधि चलाउनुपर्ने हन्छ ।

पहिलो अवस्थामै यसलाई कुनै मेडिकल उपचार गर्नुपर्दैन, तर सामान्य औषधिको प्रयोग मात्रै हो ।

सर्जिकल अवस्थामा जानुपर्दैन ।

बाहिर रक्तनलीहरू निस्किएको हुन्छ, कतिपय अवस्थामा सामान्य उपचारमा त्यो आफैँ भित्र जाने हुन्छ । यसलाई इन्जेक्सनका माध्यमबाट सुकाउने पनि गरिन्छ ।

यति गर्दा पनि निस्किएको मासु भित्र नपसेको खण्डमा यसको अप्रेसनको विकल्प छैन । यसका लागि एक मात्र विकल्प अप्रेसन नै हो ।

बाहिर निस्किएको मासुलाई काटेर फाल्नुपर्ने हुन्छ, यसले संक्रमण निम्त्याई अल्सर हुँदै क्यान्सरसम्म हुन जान्छ । अप्रेसन पनि फोहोर हुने स्थानमा गर्नुपर्ने भएका कारण दिसा–पिसाब गर्दैमा संक्रमण हुने गर्छ ।

पायल्सको समस्या जाडोमा अलि बढीजस्तो देखिए पनि संक्रमणको हिसाबले हेर्दा गर्मीमा बढी हुने गर्छ । जाडोमा पानी कमी भएका कारणले केही समस्या निम्त्याउन सक्छ ।

दिसामा कतै रगतको मात्रा देखापर्नासाथ चिकित्सकसमक्ष पुग्नैपर्छ । यदि धेरै रगत गएर रक्तअल्पता हुन जान्छ ।

प्रतिक्रिया