‘छठ अगाडि नै उखुको भुक्तानी देउ’ : किसान
शिक्षाखबर डेस्क
१७ आश्विन २०७५, बुधबार
no immg

बारा/उखु उत्पादक किसान संघ बाराले छठ पूजा अगाडि नै भुक्तानी लिन बाँकी रहेका सबै किसानलाई उखुको बक्यौता रकम भुक्तानी गर्न माग गरेको छ । बाराको मनहर्वा ५ विद्यानगर टोल नजिकै रहेको रिलायन्स सुगर एण्ड केमीकल ईण्डाष्ट्रिज प्रालिसंग संघका अध्यक्ष विरेन्द्र कुशवाहाले यथासक्दो चाडो सबै किसानको भुक्तानी हुनु पर्नेमा जोड दिएका हुन् । किसानहरुलाई अहिले बच्चको स्कूल फी तिर्न, चाडबाडको किनमेल गर्न, घरको दैनिक खर्च धान्न समस्या परेकोले यथा सक्दो चाडो बक्यौता रकम भुक्तानी गर्न संघका अध्यक्ष सहित चिनी मिलमा पुगेको किसानको टोलीले उद्योगका एमडी (संचालक) राजकुमार अग्रवाललाई भेटेरै यस्तो आग्रह गरेको हो । ‘चाडवाड मनाउन धेरै रकम खर्च हुन्छ,’ उहाँले भन्नुभयो, ‘समयमा किसानले भुक्तानी पाएको रकमलाई चाडवाड लगायतका काममा खर्च गर्न पाउँछन ।’ समयमा पैसा भुक्तानी नगरिए चाड मनाउन धेरै किसानलाई ऋण लिनु पर्ने बाध्यता हुन्छ । त्यसैले चाँडो भन्दा चाँडो किसानको रकम भुक्तानी गराउन उद्योग संचालकलाई दबाब दिनु परेको उहाँले बताउनुभयो । देशको अन्य चिनी मिलको तुलनामा रिलायन्सले किसानको भुक्तानी चाँडो गरीरहेको उहाँले जानकारी दिनुभयो । ‘उद्योगले गरीरहेको भुक्तानी प्रति हामी सन्तुष्ट छौं,’ उहाँले भन्नुभयो, ‘उद्योगले सोचे भन्दा राम्रो तरिकाले भुक्तानी गरीरहेको छ ।’ तर पनि किसानको सुबिधा र सजिलोको लागि हामी प्रयासरत छौं । समयमा पुरानो भुक्तानीको काम सकिएपछि सिजनमा चाँडो भन्दा चाँडो मिल संचालनमा गर्न सजिलो हुने उहाँले बताउनुभयो । मिल समयमा संचालन भएपछि किसानलाई उद्योगसंग उखु कटान गरी बिक्री गर्न पनि धेरै सजिलो हुने उहाँले बताउनुभयो । मिलले पहिला देखि बनाएको भुक्तानी सूची अनुसार पुराना किसानले अगाडि नै भुक्तानी पाएको नयाँ किसान पछाडि परेको मझौलियाका अगुवा किसान मुकेस कुशवाहाले बताए । ‘नयाँ किसानले पहिलो लटको भुक्तानी समेत पाएका छैनन,’ उनले भने, ‘पुराना सबै किसानले बिक्री गरेको अधिकांश लटको उखुको भुक्तानी पाई सकेका छन् ।’ त्यसैले भुक्तानी सूचीमा पछि रेकर्ड खडा गरिएको किसानलाई समेत भुक्तानी व्यवस्था मिलाउन उद्योगसंग उनले आग्रह गरे । रिलायन्स युगर एण्ड केमिकल ईण्डष्ट्रजका एम.डी. राजकुमार अग्रवालले किसानलाई उखुको भुक्तानी गर्ने कार्यलाई तीब्र बनाएको बताउनुभयो । ‘हामीले सिष्टम अनुसार किसानलाई प्राथमिकतामा राखेर भुक्तानी गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘अहिले सम्म ७८ प्रतिशत किसानले भुक्तानी पाईसकेका छन् ।’ अब बाँकी रहेको २२ प्रतिशत किसानको उखुको भुक्तानी दिने काम कार्तिक मसान्त भित्र सम्ममा सकिने लक्ष्य लिएका छौं । यदि सकिएन भने बढीमा मंसिर १५ सम्ममा सबै किसानले अन्तिम भुक्तानी पाईसक्ने उहाँले दाबी गर्नुभयो । किसानलाई उखुको भुक्तानी दिने पैसा उद्योग संग थिएन । चिनी गोदामै थन्किएको थियो । चिनीको बिक्री भएको थिएन । जति समस्या परे पनि किसानलाई प्राथमिकतामा राखेर ऋण काढेर भएपनि भुक्तानीलाई नियमित पारेको चिनी उद्योग महासंघका उपाध्यक्ष समेत रहेका अग्रवालले बताउनुभयो । उहाँका अनुसार चिनी पनि लागत अनुसारको उत्पादित मूल्यको आधारमा बिक्री हुन सकेको छैन । घाटा खाएर चिनी बिक्री गर्नु परीरहेको छ । ठूलो धनराशीमा बैंकबाट ऋण लिएर किसानको भुक्तानी गरीरहेको उहाँले जानकारी दिनुभयो । ‘अहिले पनि गोदाममा डेढ लाख क्विन्टल भन्दा बढी चिनी गोदाममै थन्किएको छ,’ उहाँले भन्नुभयो, ‘सिजन सुरु हुनु भन्दा अगाडि गोदाम खाली नगरिए उद्योग संचालन गर्न समस्या हुन्छ ।’ त्यसैले सरकारले नेशनल ट्रेनिङ्ग मार्फत हाम्रो चिनी खरिद गरी बिक्री गर्ने वातावरण बनाई दिन उहाँले सरकारसंग आग्रह गर्नुभयो । ‘हामी पहिला पनि घाटामा थियौं, अहिले पनि घाटामै छौं,’ उहाँले भन्नुभयो, ‘घाटै घाटा खाएर कही उद्योग चल्छ ।’ गएको सिजनमा चिनी मिलले २९ लाख १ हजार ७ सय क्विन्टल उखु क्रसिङ्ग गर्दा २ लाख ५५ हजार ८ सय ६० क्विन्टल चिनी उत्पादन भएको उद्योग प्रशासनले जनाएको छ । उद्योगले गएको सिजनमा बारा र पर्साका गरी १० हजार ५१ जना किसानबाट उखु खरिद गरिएको उद्योगका उखु प्रबन्धक ओमप्रकाश शुक्लाले जानकारी दिनुभयो । उनीहरुले गत वर्ष १० हजार ७ सय ७७ विगहा क्षेत्रफलमा उखु खेती गरेका थिए । उखु उत्पादनमा राम्रो हुन थालेपछि किसान उखु खेती तर्फ आकर्षित हुदै गएका छन् । गाउँ नजिकैको चिनी मिलमा उखु बिक्री गर्न समेत सहज भएकोले उखु खेती गर्ने किसानको संख्या थपिदै गएको उहाँले जानकारी दिनुभयो । चिनी मिलको क्रसिङ्ग क्षमता वृद्धिको खबरले किसान हर्षित बाराको मनहर्वा ५ विद्यानगर टोल नजिकै रहेको रिलायन्स सुगर एण्ड केमीकल ईण्डाष्ट्रिज प्रालिले चिनीमिलको त्रसिङ्ग क्षमता वृद्धि गरेको खबरले यस क्षेत्रका उखु उत्पादक किसान हर्षित भएका छन् । मिलको क्षमता वृद्धिले सबैभन्दा बढी हामी किसानलाई फाईदा पुग्ने कलैया उपमहानगरपालिका १६ उत्तरझिटकैयाका किसान ओमप्रकास यादवले बताए । ६ विगाहा भन्दा बढी क्षेत्रफलमा नगदेबाली उखु खेती समेत गरेका यादवले क्षमता वृद्धि भएको कारण यस पाली उखु नचल्ने चिन्ता हटेको उनले बताए । ‘क्षमता वृद्धिले सबै किसान उत्साहित छौं,’ उनले भने, ‘चिनी मिलमा उखी बिक्री गर्न धेरै समय लाईनमा बसी रहनु पर्दैन ।’ छिटै उखु बिक्री गरेर घर फर्किन पाउछौं । कम क्षमतामा संचालन भएको बेला धेरै समय लाग्थ्यो । अब कम लाग्ने उनले बताए । गत वर्ष प्रतिदिन २ हजार ५ सय टन क्षमतामा उखु क्रसिङ्ग गरेको उद्योगले यसपाली १ हजार टन क्षमता थपेर ३ हजार ५ सय टनमा पुर्‍याएको जनाएको छ । अब यसले ३५ सय देखि ४ हजार टन सम्म प्रतिदिन उखु पेल्ने उद्योगका एमडी. राजकुमार अग्रवालले जानकारी दिनुभयो । उखु खेती गर्ने किसानको संख्या थपियो उद्योगले क्रसिङ्ग क्षमता बढाउन लागेको खबरले उखु खेती गर्न नया किसानको संख्या समेत थपिन थालेको छ । गत वर्षको तुलनामा उखु गर्ने किसान र उखु खेती गरिएको क्षेत्रफल समेत बढेको उखु प्रबन्धक ओमप्रकाश शुक्लाले जानकारी दिनुभयो । गत वर्ष १० हजार ५१ किसानले उखु खेती गरेका थिए भने अहिले त्यो तथ्यांक बढेर १३ हजार ३ सय २४ मा पुगेको उहाँले जानकारी दिनुभयो । ‘अहिले नयाँ २ हजार ८ सय ९१ विगाहा क्षेत्रफलमा उखु खेती थपिएको छ,’ उहाँले भन्नुभयो, ‘३ हजार २ सय ९१ नयाँ किसान उखु खेती गर्ने सूचीमा सामेल भएका छन् ।’ उद्योगमा भईरहेको सुधारसंगै यस उद्योगलाई चाहिने कच्चा पदार्थ उखु उत्पादन गर्न उत्साहका साथ किसान लागिरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया