हरेक वर्ष नेपालमा ४५ हजार क्षयरोगका नयाँ विरामी थपिदैं: डब्लुएचओ
शिक्षाखबर डेस्क
१० चैत्र २०७५, आईतवार
no immg

काठमाडौं / सरकारले क्षयरोगीको खोजी जारी राखेपनि करीब १३ हजार नयाँ विरामी सरकारको तथ्यांक भन्दा बाहिर देखिएका छन् । क्षयरोगको उपचार निशुल्क गरिए पनि २२ प्रतिशत विरामी निशुल्क उपचारको पहुँचमा पुग्न सकेका छैनन् । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार ती विरामी निजी स्वास्थ्य संस्थामा शुल्क तिरेर उपचार गराइरहेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक वर्ष ४५ हजार क्षयरोगका नयाँ विरामी थपिने गर्दछन् । पुरानो र नयाँ गरेर ६० हजार क्षयरोगी भएको उसको अनुमान छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. भिमसिंह तिंकरीले हराईरहेका क्षयरोगीलाई खोज्ने चुनौती रहेको बताउनुभयो । क्षयरोगलाई सरकारले नियन्त्रण गर्न सकिने रोगको सूचीमा राखेको छ । नियमित औषधि खाए क्षयरोग निको हुन्छ । क्षयरोग नियन्त्रणका लागि ४ हजार ३ सय २३ वटा डट्स् उपचार केन्द्र , ६ सय ४ प्रयोगशाला, ५६ वटा जीन एक्सपर्ट केन्द्र र २ वटा राष्ट्रिय प्रेशण प्रयोगशाला क्रियाशिल रहेका छन् । औषधि प्रतिरोधी क्षयरोगका लागि २१ वटा उपचार केन्द्र र ८१ वटा उपकेन्द्र र ६ वटा डीआर होस्टल सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ । समय अबको : क्षयरोग अन्त्यको भन्ने नारा सहित आज विश्व क्षयरोग दिवस मनाईदैछ । क्षयरोगको किटाणु पत्ता लागेको घोषणा गरिएको दिनको सम्झना स्वरुप प्रत्येक वर्ष मार्च २४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया