उसले भन्यो राज गर्नु पर्छ राज
आसु को भल लाई सब्द को बाध ले बाध्ने कोसिस गर्दै
पिडा मा परेको म मा पनि आशा का बिज हरु छर्दै
मेरो नाम मा नभेटिने राज लाई नि(राज)न मा टुक्र्यायो
अनि तेरै नाम मा राज छ अनि नगर्ने त भनि फुर्क्यायो
उ मेरो निस्वार्थ सहयोग गर्ने स्वार्थि साथि
स्वार्थि दुनिया मा स्वार्थ राख, म माथि तेरो आवस्यकता पर्दा
यदि हुन्छ भने मुस्कान को बास तेरो मन मा मैले गर्दा
लुट्न सके लुट कान्छा पशुपति ले भन्दा पहिले उसले भन्थ्यो
स्वार्थ मानबिय प्रकृति हो भन्दै, म जे भनु खुरुखुरु मान्थ्यो
उ मेरो साथि, मित्र, हितैसी, जे भनेनी
प्रिय सम्बोधन साथि लाई सुहाउदैन कि
कहिले मैले मिठो सम्बोधन सायद गर्दैन होला
चिसो पसेको मन मा चिसो मिसाउदै,
मिठो सुरुवात को आशा मा तितो सुर्क्याउने
हारेर पछारिएर लत्रिन गारो पर्दा
राज गर्ने हिम्मत लाई जगाउदै फुर्क्याउने
नमिठो चिज लाई नै मिठो गराउने सम्बन्ध त्यति त हो
खुलेर स्वार्थ लुटाउन पाइने साथि एक मात्र ब्याक्ति त हो
जहिले भन्छ राज गर्नुपर्छ राज
सबैलाई नबिर्सेर उसलाई बिर्सदा नि ही राजि
सबैले बिर्सिदा बिर्सना को तिर्सना मेटाउने नि उही काजि
राज त राणाशासन गरेरै गर्न दिन्छस त मित्र
हैन के चाई छ हँ ? सबै स्वीकार्न तँ भित्र ?
प्रस्न मेरा सधै अब के गरु कसो गरु का
आफ्ना इच्छा निमोठी हेर्छस अरु का
न तेरो तुलना छ अरु संग न त छ नै प्रतिस्थापन
यस्तै रहनु तँ सहन गर्न रोकिनेछैन मेरो दमन
किनकि हामी राजा हो राज गर्नु पर्छ राज
मुला साथि, सहि सम्बोधन भो बल्ल है
सफा मन का दुइ बीच फोहोर संसार मा के को लाज
(हितैसी मित्र मा समर्पित )