देशभर १० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ५४६
शिक्षाखबर डेस्क
२५ कार्तिक २०७९, शुक्रबार
no immg

२५ कार्तिक, काठमाडाैँ। पछिल्लो २४ घण्टामा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १ हजार ३३९ जनाको नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै याे समयमा थप एक सय २६ जना निको भएका छन् । २४ घण्टामा कोरोना सक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सक्रिय सङ्क्रमित संख्या ५ सय ४६ रहेको छ ।

प्रतिक्रिया