काठमाडौं – विश्वनिकेतन माबी, त्रिपुरेश्वरका प्राध्यापक हेरम्बराज कँडेलका अनुसार सार्वजनिक शिक्षा सुधारको एक मुख्य कारण शिक्षकले आफ्ना सन्तान आफूले अध्यापन गर्ने स्कुलमा पढाउनु पनि हो। यसले स्कुलमा भएका राम्रा र नराम्रा सबै विषयवस्तु बच्चाद्वारा शिक्षकको घरमा पुग्ने र यसले शिक्षा सुधारमा सकारात्मक भूमिका खेल्ने गरेको प्रअ कँडेलको अनुभव छ। ‘विश्वनिकेतनमा ९० प्रतिशत शिक्षकले आफ्ना सन्तानलाई पढाएका छन्,’ उनले भने, ‘हाम्रो स्कुलको ठुलो विज्ञापन यही हो। बच्चाबाटै सकुलको कमीकमजोरी शिक्षकको घरमा पुग्छ र त्यस प्रक्रियाबाट सार्वजनिक शिक्षा सुधारको सुरुवात हुन्छ। हामीकहाँ यही भएको छ।’
मुख्यतः हेडमास्टर जिम्मेवार भएका सामुदायिक विद्यालयले कोल्टो फेरेका छन्। घरमा अभिभावकले र विद्यालयमा शिक्षकले सकारात्मक निगरानी राखे विद्यार्थीको सिकाइ सुधारमा कठिनाइ हुन्न।
नीलबाराही स्कुल, जनकल्याण स्कुलमा शिक्षकहरूले पनि आफ्ना नानीबाबुलाई भर्ना गराएकाले शिक्षण सिकाइ प्रभावकार गएको भन्न सकिने त्यहाँका प्रअहरू बताउँछन्।