रामपुर क्याम्पसका पूर्व बिद्यार्थीद्वारा पनि निजि सम्बन्धन बिरुद्दको जारि आन्दोलनलाइ समर्थन दिदै निकाले बिज्ञप्ति
शिक्षाखबर डेस्क
१५ श्रावण २०७५, मंगलवार
no immg

चितवन,१५-श्रावन/कृषि तथा बन बिज्ञान बिश्वबिद्यालयले असार २१ मा ८ निजि कलेजलाइ दिएको सम्बन्धन खारेजीको माग गर्दै बिश्वबिद्यालयमा क्रियासिल बिद्यार्थी र प्राध्यापक संगठनहरु बिगत २१ दिन देखि निरन्तर जुलुस र धर्ना सहित आन्दोलन गर्दै आइरहेको समयमै बिश्वबिद्यालयका पूर्व विद्यार्थीको प्रतिनिधित्व गर्दै सन्दिप सुबेदीले बिज्ञप्ति जारि गरेका छन् ।

जारी बिज्ञप्तिमा “समाजवाद उन्मुख भन्नुको अर्थ देशको आर्थिक तथा राजनीतिक प्रणालीमा सबै प्रकारका उत्पादनका साधनहरु राज्यद्वारा नियन्त्रित हुनु र नागरिकहरुलाई न्यायपूर्ण ढंगले वितरण गर्न उन्मुख हुनु भन्ने भुझिन्छ । समाजवादी राज्य प्रणालीमा व्यक्तिगत सम्पत्तिको कुनै महत्व हुदैन तर सार्वजनिक सम्पत्तिको सुरक्षा, प्रबर्धन र विकास गर्नु हरेक नागरिकको कर्तव्य हुन्छ । तसर्थ हामी पूर्व बिधार्थीहरु आन्दोलनरत बिधार्थी तथा प्राध्यापकहरु प्रति समर्थन जनाउदै विश्वविद्यालयले दिएको निजि सम्बन्ध खारेजीका लागि सम्पूर्ण सम्बन्धित निकायहरु समक्ष जोडदार माग गर्दछौ |’भनिएको छ ।
विज्ञप्तिको हुबहु व्यहोरा
बिज्ञप्ति
कृषि तथा वन बिज्ञान विश्वविद्यालयले हालसालै ८ वटा कलेजलाई निजि सम्बन्धन दिने निर्णय गरेको र उक्त निर्णयको बिरोधमा विश्वविद्यालयका बिधार्थी तथा प्राध्यापक आन्दोलित भएको घटनाप्रति हामी पूर्व बिधार्थीहरुको ध्यानआकर्षण भएको छ । नेपालको संबिधान २०७२ ले नेपाल राज्यलाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर परिभाषित गरेको छ । समाजवाद उन्मुख भन्नुको अर्थ देशको आर्थिक तथा राजनीतिक प्रणालीमा सबै प्रकारका उत्पादनका साधनहरु राज्यद्वारा नियन्त्रित हुनु र नागरिकहरुलाई न्यायपूर्ण ढंगले वितरण गर्न उन्मुख हुनु भन्ने भुझिन्छ । समाजवादी राज्य प्रणालीमा व्यक्तिगत सम्पत्तिको कुनै महत्व हुदैन तर सार्वजनिक सम्पत्तिको सुरक्षा, प्रबर्धन र विकास गर्नु हरेक नागरिकको कर्तव्य हुन्छ । करिब दुइ तिहाई जनसंख्या कृषिमा आश्रित भएको हाम्रो देशको कुल ग्राहस्थ उत्पादनमा कृषिले एक तिहाई भाग ओगटेको छ । कृषिप्रधान देश भनेर चिनिंदा पनि कृषिमा आत्मनिर्भर हुन नसक्नु, ब्यापार घाटामा कृषिजन्य बस्तुले ठूलो हिस्सा ओगट्नु र भोकमरी तथा खाद्य संकटको भुमरीमा परिराख्नुजस्ता समस्याहरुको प्रभाबकारी ढंगबाट समाधान गर्न राज्यले कृषिलाई हेर्ने स्पस्ट दृष्टिकोण बनाउन अब ढिला गर्नु हुदैन । कृषि क्षेत्रका अनेक समस्याहरुमध्य कृषि शिक्षा, अनुसन्धान र प्रसारबीच समन्वय नहुनु एक प्रमुख समस्याको रुपमा लीइन्छ । कृषि शिक्षा प्रधान गराउने काम भिभिन्न विश्वविद्यालयहरुले, अनुसन्धानको काम नार्क र प्रसारको काम कृषि विभागले गरिरहेकोमा शिक्षा, अनुसन्धान र प्रसारलाई एकै छानामुनि ल्याउने एक सुनौलो अवशरका रुपमा ल्याण्ड ग्राण्ड मोडेलको अवधारणामा कृषि तथा वन बिज्ञान विश्वविद्यालय स्थापना भएको थियो । शिक्षा, अनुसन्धान र प्रसार तिनै चिजको म्यान्डेट पाएर पनि कृषि शिक्षाको मात्र म्यान्डेट पाएको त्रि.वि. कै पदचाप पछ्याउने हो भने ल्याण्ड ग्राण्ड मोडेलको छुट्टै विश्वविद्यालय स्थापनाको औचित्य रहदैन । के कृषि शिक्षाको लागि आंगिक र निजि सम्बन्धन दिनका लागि अन्य विश्वविद्यालयनै नभएर कृषि तथा वन बिज्ञान विश्वविद्यालय स्थापना भएको हो त ? हैन भने कृषि तथा वन बिज्ञान विश्वविद्यालयले शिक्षाका अलावा अनुसन्धान र प्रसारमा हालसम्म के कति प्रगति गर्यो ? यसको जवाफ विश्वविद्यालय प्रशासनले दिन सक्नुपर्छ । समाजबाद उन्मुख राष्ट्रका बिधार्थी निजीकरण बिरुद्ध बर्षौ आन्दोलनरत रहनु र उनीहरुको आवाजको सुनुवाई नहुनुले विश्वविद्यालय प्रशासन नै शिक्षाको ब्यापारीकरणमा तल्लिन छ भन्ने स्पष्ट हुन्छ । तसर्थ हामी पूर्व बिधार्थीहरु आन्दोलनरत बिधार्थी तथा प्राध्यापकहरु प्रति समर्थन जनाउदै विश्वविद्यालयले दिएको निजि सम्बन्ध खारेजीका लागि सम्पूर्ण सम्बन्धित निकायहरु समक्ष जोडदार माग गर्दछौ |

सन्दिप सुबेदी
प्रतिनिधि
पूर्व बिद्यार्थी, रामपुर क्याम्पस, चितवन

पूर्व बिद्यार्थी सन्दिप सुबेदी बिश्वबिद्यालयमा अध्ययन रहदाका एक सफल बिद्यार्थी नेताको रुपमा चिनिन्छन भने हाल बागबानी बिकास अधिकृतको रुपमा कास्कीमा कार्यरत छन् |

फोटो: सागर घिमिरे

प्रतिक्रिया