एनसेल विरुद्ध ने.क.पा निकट युवा र विद्यार्थीको सयुक्त बिज्ञप्ती
शिक्षाखबर डेस्क
१२ बैशाख २०७६, बिहीबार
no immg

काठमाडौँ बैशाख १२ । निजि क्षेत्रको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले नेपाल सरकारलाई ४० अर्ब भन्दा बडि राजस्व नबुझाउनकोलागि छलकपट गर्न थालेपछी ने क पा निकट वाइसीएल र युवासघ अनि अखिल क्रान्तिकारी र अनेरास्ववियुले आज एक सयुक्त बिज्ञप्ती जारी गरेका छन् ।

वाइसीएल अध्यक्ष दिपशिखा, युवासघ अध्यक्ष रमेश कुमार पौडेल अनि अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङ र अनेरास्ववियु अध्यक्ष नबिना लामाले हस्ताक्षर गरेको बिज्ञप्तीमा भनिएको छ ” कर तिर्न नपरोस् ” भन्ने मनसायको उसले गर्ने कुनै पनि चालबाजि वा बहानाबाजि हामिलाई किमार्थ स्काय छैन । “एनसेललाई कर छुट दिने वा अन्य कुनै प्रकारका विशेष सहुलियत दिने जस्ता रास्ट्रघाती निर्णय नगर्न सम्बन्ध निकायहरूसँग आग्रह गर्दछौं ।”

२४ घन्टा भित्र एनसेलले कर नतिरेमा विभिन्न दबाबका कार्यक्रम घोषण गरिने चेतावनी पनि दिइएको छ ।

 

प्रतिक्रिया