पूर्व विद्यार्थी नेता मल्ल प्रधानमन्त्री प्रचण्डको स्वकिय सचिवमा नियुक्त
शिक्षाखबर डेस्क
२३ श्रावण २०७३, आईतवार
no immg

काठमाडौं,२१ साउन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका निर्वतमान अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य रमेश मल्ल नवनिर्बाचीत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिवमा नियुक्त भएका छन् ।

सल्यान कालागाऊ २ वाल्ले निवासी मल्लले लामो समय विद्यार्थी नेतृत्वमा रहेर काम गरेका थिए । यूवा नेता मल्ललाई राजनीतिमा सक्रिय ,आत्माविश्वासी ,पहलकदमी लिनसक्ने क्षमता र सरल स्वभावले सवैमाझ चिनाएको छ । उनी अखिल क्रान्तिकारीको अध्यक्ष हुँदा युवा विद्यार्थी माझ निकै लोकप्रिय थिए ।

अहिले उनी अखिल क्रान्तिकारी केन्द्रीय समितिको सह फ्रयाक्सन इन्चार्ज र विद्यार्थी विशेष जिल्ला र प्रदेश नम्वर ३ को फ्रयाक्सन इञ्चार्जको भूमिकामा पनि रहेका छन् ।

यस अघि दिनानाथ शर्मा शिक्षा मन्त्री हुँदा मल्लले स्वकिय सचिवको रुपमा काम गरेका थिए । विद्यार्थी कालमै स्वकिय सचिव हुँदा कतिपयले उनको आलोचना पनि गरेका थिए ।

प्रतिक्रिया