५ दिन देखि चितवन मेडिकल कलेजबाट एक विद्यार्थी बेपत्ता
शिक्षाखबर डेस्क
२१ भाद्र २०७३, मंगलवार
no immg

भरतपुर, २० भदौं । चितवन मेडिकल कलेजमा एमबिबिएस चौथो वर्षमा अध्ययन गर्दै गरेका आशिष बास्तोला बेपत्ता भएका छन् । उनी गत ५ दिन यता बेपत्ता भएका हुन् । भदौ १६ गते करिब दिउँसो ३ वजे तिर आफ्नो डेराबाट निस्किएका बास्तोला सम्पर्क विहिन भएका हन् । उनका आमा बुवा काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत चिकित्सक हुन् ।

उनको व्यक्तिगत स्वभाव, गतिविधि सामान्य रहेता पनि केहि समय यता असहज व्यबहार प्रस्तुत गर्ने गरेको उनका साथीहरुले बताए । उनको खोजीकार्यमा क्याम्पस प्रशासन एवं विद्यार्थीहरु निरन्तर जुटिरहेको उनका कक्षा साथी जनक थापाले जानकारी गराए । दिउँसो ४ बजे ‘कल ट्रेस’ दासढुंगामा देखा परेको र त्यसपछि सम्पर्क बिहिन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमूख एसपी बसन्त कुवँरले नमस्ते पोष्टलाई जानकारी गराए ।

चितवन मेडिकल कलेजबाट प्रत्येक वर्ष यसरी नै विद्यार्थी हराउने वा आत्महत्या गर्ने गरेका छन् । गत वर्ष मात्र एक जना विद्यार्थीले आत्महत्या गरेका थिए भने दुई वर्ष अघि हराएका अर्को एक जना विद्यार्थी हालसम्म पनि बेपत्ता रहेका छन् । परिक्षा सम्वन्धि तनाव र पारिवारिक दवावलाई थेग्न नसकेर उक्त प्रकृतिका घटना बारम्वार दोहोरिने गरेको स्रोतले बतायो ।

प्रतिक्रिया