यी हुन् सरकारले पुरस्कृत गर्ने मुलुकभरकै उत्कृष्ट सामुदायिक तथा नीजि विद्यालयहरु
शिक्षाखबर डेस्क
२१ भाद्र २०७३, मंगलवार
no immg

काठमाडौं—सरकारले ३७ औं राष्ट्रिय शिक्षा दिवसमा पुस्कृत हुने उत्कृष्ट सामुदायिक तथा नीजि विद्यालयहरुको सूची सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गरेर शिक्षा मन्त्रालयले पुरस्कृत हुने उत्कृष्ट विद्यालयहरुको सूची सार्वजनिक गरेको हो ।

‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ भन्ने नाराका साथ मनाइन लागेको ३७ औं शिक्षा दिवस २३ भदौंमा मनाइदैंछ । शिक्षा मन्त्रालयका अनुसार सामुदायिकतर्फ देशैभरिमा कास्कीको शितलादेवी सामुदायिक विद्यालय उत्कृष्ट घोषित भएको छ । उक्त विद्यालयले राष्ट्रिय शिल्ड, ध्वजा प्रमाणपत्र र २ लाख पुरस्कार पाउनेछ ।

यस्तै नीजितर्फ देशैभरिमा ग्रेडेड इङ्लिस मिडियम स्कुल (जेम्स), ललितपुर सर्वोत्कृष्ट घोषित भएको छ । जेम्सले राष्ट्रिय शिल्ड, ध्वजा, प्रमाणपत्र र २ लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ ।
टेक्नीकल स्कुलतर्फ रुपन्देहीको कालिका माध्यमिक विद्यालय उत्कृष्ट घोषित भएको छ ।

विकास क्षेत्र  सामुदायिक तर्फ उत्कृष्ट विद्यालय

पूर्वाञ्चल—वरुणेश्वर मावि, ओखलढुंगा— राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र १ लाख

मध्यमाञ्चल—नारायणी मोडल सेकेण्डरी स्कुल, चितवन— राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र १ लाख

पश्चिमाञ्चल—गणेश मावि, बाग्लुङ— राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र १ लाख

मध्यपश्चिमाञ्चल—गुरु मावि, मुगु— राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र १ लाख

सुदूरपश्चिमाञ्चल—भगवती मावि, डोटी— राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र १ लाख

दुर्गम क्षेत्रबाटः खुम्जुङ मावि, सोलुखुम्बु— राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र १ लाख

विकास क्षेत्र  नीजि तर्फ उत्कृष्ट विद्यालय

पूर्वाञ्चल—वालकल्याण स्कुल, मोरङ— राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र १ लाख

मध्यमाञ्चल—लिटिल एन्जल्स सेकेण्डरी स्कुल, ललितपुर, राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र १ लाख

पश्चिमाञ्चल—मदरल्याण्ड सेकेण्डरी स्कुल, कास्की— राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र १ लाख

मध्यपश्चिमाञ्चल—तुलसी बोर्डिङ स्कुल, दाङ—राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र १ लाख

सुदूरपश्चिमाञ्चल—इन्टरनेशनल पब्लिक स्कुल, कन्चनपुर—राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र १ लाख्

उत्कृष्ट टेक्निकल विद्यालयहरू

१. कोरिया नेपाल इन्च्युट अफ टेक्नोलोजी, रुपन्देही

२. जनज्योती उच्च मावि, सुर्खेत

३. मनमोहन मेमोरियल पोलिटेक्नीक इन्च्युट, मोरङ

४. मेडिकल एण्ड टेक्नीकल इन्च्युट, चितवन

५. वेष्टर्न हस्पिटल एण्ड रिसर्च सेन्टर, नेपालगन्ज

६. सेती महाकाली नर्सिङ क्याम्पस, कन्चनपुर

उत्कृष्ट टेक्नीकल विधालयलार्इ प्रमाणपत्र र १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

पुरस्कार ग्रहणका लागि २२ भदौंमा सम्बन्धित विद्यालयका प्राधानाध्यापकले शिक्षा मन्त्रालय सिंहदबारमा सम्पर्क राख्नुपर्नेछ ।

मन्त्रालयका सहसचिव डा हरि लम्सालले दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विद्या भूषण ‘क’, ‘ख’ र ‘ग’ तथा नेपाल छात्रा विद्या पदकबाट विभिन्न व्यक्ति तथा विद्यार्थीलाई विभूषित गर्ने कार्यक्रम रहेको जानकारी दिए । जसमा नेपाल विद्याभूषण पदक ‘क’ १९०, नेपाल विद्याभूषण पदक ‘ख’ ८१, नेपाल विद्याभूषण पदक ‘ग’ १५, नेपाल छात्रा विद्या पदक ‘क’ २६ र नेपाल छात्रा विद्या पदक ‘ख’ बाट ४ जना विभूषित हुनेछन् ।

 निजी विद्यालयतर्फ ग्रेडेड इङ्लिस मिडियम स्कुल (जेम्स) ललितपुर राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र नगद रु दुई लाखबाट सम्मानित हुने भएको छ । क्षेत्रीयस्तरमा पाँच विकास क्षेत्रबाट एक एक र एक निजी विद्यालयले रु एक लाखसहित सिल्ड र प्रमाणपत्रसहित सम्मानित हुने भएका छन् ।

पत्रकार सम्मेलनमा शिक्षामन्त्री धनीराम पौडेलले शिक्षाको पहुँच र गुणस्तर बढाउन यी पुरस्कारले टेवा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले आगामी दिनमा गुणस्तरीय शिक्षातर्फ ध्यान दिन निवर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलका योजनालाई निरन्तरता दिने बताउनुभयो ।

दिवसको नारा ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ रहेको छ ।

मन्त्रालयका सहसचिव डा हरि लम्सालले दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विद्या भूषण ‘क’, ‘ख’ र ‘ग’ तथा नेपाल छात्रा विद्या पदकबाट विभिन्न व्यक्ति तथा विद्यार्थीलाई विभूषित गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । जसमा नेपाल विद्याभूषण पदक ‘क’ १९०, नेपाल विद्याभूषण पदक ‘ख’ ८१, नेपाल विद्याभूषण पदक ‘ग’ १५,, नेपाल छात्रा विद्या पदक ‘क’ २६ र नेपाल छात्रा विद्या पदक ‘ख’ बाट ४ जना विभूषित हुनेछन् । रासस

source: educationsamachar

प्रतिक्रिया