कक्षा १० देखि १२ सम्मका हरेक विद्यार्थीले अनिवार्य रुपमा वर्षमा १५ दिन सामूहिक स्वयंसेवा गर्नुपर्ने
शिक्षाखबर डेस्क
२४ भाद्र २०७३, शुक्रबार
no immg

२३ भदौ, काठमाडौं।

राष्ट्रनिर्माणको महाअभियान जनताको साथ र समर्थन बिना सफल हुन सक्दैन भन्दै सबैले विकास निर्माणमा संकल्प देखाउन नसकेको प्रधानमन्त्री प्रचण्डले बताएका छन्।

 स्वयंसेवाबाट काम गर्न सुरु गरौं भन्दै प्रचण्डले युवालाई राष्ट्रनिर्माणमा सरिक गराउन र श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न कक्षा १० देखि १२ सम्म हरेक विद्यार्थीले अनिवार्य रुपमा वर्षमा १५ दिन सामूहिक स्वयंसेवा गर्नुपर्ने व्यवस्था गरिने र त्यसलाई पाठ्यक्रमको अभिन्न अंग बनाइने प्रचण्डले संसदमा बताए।

उच्च शिक्षामा अध्ययनरत विद्यार्थी राष्ट्रि स्वयंसेवकको रुपमा परिचालन गरिने प्रचण्डले बताए। विद्यार्थी बाहेकका स्वंयसेवा गर्न इच्छुक नागरिकलाई प्रधानमन्त्रीकै संयोजकत्वमा राष्ट्रिय स्वयंसेवा अभियानमा १० लाख जनशक्ति परिचालन गरिने प्रचण्डले बताए।

प्रतिक्रिया