प्रचण्डको नाम लिदै नविना लामाले दिइन् कडा चेतावनी
शिक्षाखबर डेस्क
१० आश्विन २०७३, सोमबार
no immg

काठमाण्डु, ९ असोज– एमाले सम्बद्ध अनेरास्ववियूकी अध्यक्ष नविना लामाले प्रचण्ड नेतृत्वको सरकारको भण्डाफोर गर्ने चेतावनी दिएकी छन् ।

आइतबार राजधानीमा एमाले निकट अनेरास्ववियूले सरकारको विरोधमा गरेको प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै लामाले सो चेतावनी दिएकी हुन् ।

उनले प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रिय हित र स्वाधिनता विरुद्धका गतिविधि गरेको आरोप समेत लगाइन् ।

अध्यक्ष लामाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले भारत भ्रमणका क्रममा राष्ट्रहित विरुद्धका सम्झौताहरु गरेका आरोप लगाउँदै अब आफ्नो संगठनले राष्ट्रियताको पक्षमा सरकार विरुद्ध आन्दोलन सुरु गर्ने कडा चेतावनी समेत दिइन् ।

उनले प्रधानमन्त्री र गृहमन्त्री मिलेर हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने षडयन्त्र गरेको र यो आफुहरुलाई कति पनि स्वीकार्य नहुने बताइन् ।

लामाकै नेतृत्वमा भृकुटीमण्डपस्थित आरआर क्याम्पसबाट निस्कको जुलुस बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत भएको थियो । जुलुसमा सहभागीहरुले सरकार विरुद्ध चर्को नारा लगाएका थिए ।

 

source: kathmandutoday

प्रतिक्रिया