१४ मङ्सिर,चितवन् यो संसारमा बाँच्ने र आफ्ना सपनाहरु पूरा गर्ने रहर सबैको हुन्छ । तर ,गरिबी र बाध्यताले मानिसलाई मृत्यृ शैयामा छट्पटाउन बाध्य पारेको हुन्छ । यस्तै अवस्था भएको छ पृथ्वीनगर-७ झापा घर भइ स्कुल अफ हेल्थ साइन्स भरतपुर चितवनमा सामन्य चिकित्सा (एच.ए) अध्यानरत २२ वर्षिय सुजाता सुबेदीको ।
एप्लाष्टिक एनेमिया बोन म्यारो फेल भएर विगत तीन महिना देखि महिनादेखि काठमाडौंको सिभिल सर्भिस अस्पतालमा उपचार गराइरहेकी सुजाताले आफ्नो बाँच्ने रहर पूरा गर्दिन आग्रह गर्दै अपिल गरेकी छन। भबिस्यमा डाक्टर बनेर गरिब दुखिको सेभा गर्ने लक्ष्य राखेकि सुजाता आफ्नो परिवारको आर्थिक स्रोत निकै कमजोर भएको कारण उपचारको लागि लाग्ने डाक्टरको अनुसार करिब (१६-२५) लाख रुपैयाँ जुटाउन नसक्दा आज अस्पतालको शैयामा छट्पटाइरहेकी छन।
के यो देशमा बाच्ने अधिकार् धनि परिवारको कोख बाट जन्म लिने र ठुला नेता लाई मात्र हो? आज एउटा परिवार आफ्नो सन्तानको उपचार खर्च जुटाउनको लागि हारगुहार गरिरहनु भएको छ एउटा नेताको उपचारको लागि करोडौं दिने सरकारकामाननीय स्वास्थ मन्त्री गगन कुमार थापाको यस्ता गरिबको उपचारमा पनि ध्यान जाओस। पैसा आउछ् जान्छ, तर जीवन वार वार आउदैन। तर तेइ पैसा नभएर कसैको जीवन कठिन नबनोस। थोपा थोपा मिलेर समुन्द्र बन्न सक्छ तेसैले सुजता सुबेधिको उपचारको लागि सहयोगी मनहरुले सुजता सुबेदिको आफ्नै नाममा रहेको खाता नम्बर ०२५००५०१२१२६६५ नारायणघट ब्रान्चमा सहयोग गर्न सक्नु हुन्छ ।