मंगसिर २१ चितवन,सामान्य चिकित्सा (H.A) तेस्रो बर्ष अध्यनरत नेपाल पॉलिटेक्निक इंस्टिट्यूट भरतपुर का बिद्यार्थी हरुले बिजट केहि समय बाट नया बानेश्वर काठमान्डौ स्थित सिभिल हॉस्पिटल को सघन कक्षमा Aplastic Anemia अर्थात Bone Marrow Failure भई उपचारत स्कूल ऑफ़ हेल्थ साइंस भरतपुरमा अध्यनरत झापा निवासी १७ बर्से स्वेता सुबेदी को उपचार सहयोगार्थ नगत रु ३७०५१ जुटायका छन|
“मानब सेवा नै सबै भंडा ठुलो धर्म हो “ भन्ने नारा सहित स्वेता बचाउ अभियान लिएर पवन गुरुंगको नेतृतवमा सुमित गुरुंग, तारा प्रसाद श्रेश्ठ, प्रदीप आले मगर ,सागर भर्ती , दिल बहादुर खाति मगर लगायत का बिद्यार्थी हर कॉलेज कॉलेज गयी अभियानमा सहभागी भएका थिए ! ऐन. पी.आई मै एक कार्यक्रम आयोजना गरी स्वेता बचाउ अभियानमा आफ्नो खाजा खर्च समेत कटाई रु २०,३०, ५० गारी सहयोग गर्नु हुने संपूर्ण बिद्यार्थीहरु लगायत अन्य सहयोगी हातहरुलाई धन्यबाद दिदै संयोजक पवन गुरुङ्गले संकलित रकम एवेरेस्ट बैंक को खता न. ०२५००५०१२१२६६५ साखा नारायणगढ़मा दाख़िला गारी लिएको रा सो रकम सहयोग गर्ने जमर्को को सुरुवात मात्रै भएको ले संपूर्ण सबैलाई मन खोली उपचारमा सहयोग गरदिन हुन अनुरोध गर्नु भएको थियो! सो कार्यक्रममा अखिल (क्रन्तिकारी)चितवन जिल्ला संयोजक बसंत आचार्य र बिद्यार्थी सवयंसेवक प्रदेश न. ३ का सहसंयोजक दुर्लभ शाहिको बिशेष उपस्थिति रहेको थियो ।