अखिल( क्रान्तिकारी )रुकुमको २५अौ जिल्ला सम्मेलनको उद्घाटन
शिक्षाखबर डेस्क
२२ मंसिर २०७३, बुधबार
no immg

२१ मन्सिर, अखिल( क्रान्तिकारी )रुकुमको २५अौ जिल्ला सम्मेलनको उद्घाटन समारोह सगठनका केन्द्रीय अध्यक्ष -नरेन्द्र न्यौपानेको प्रमुख अाथित्यता र अन्य केन्द्रीय नेताहरुको उपस्थितिमा भब्य ढंगले समपन्न भयो।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपानले नेपाली जनताको बलिदानिबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत हुन नदिने षड्यन्त्र भैरहेको बताउनुभएको छ । विभिन्न शक्तिहरु नेपाली जनताको बलिदानीलाई कुल्चिन लागि परेको भन्दै त्यसलाई सफल हुन नदिन विद्यार्थीहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

15328211_1244161365647863_2078002941_n

अखिल क्रान्तिकारी रुकुमको २५ औं जिल्ला सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै न्यौपानेले अहिलेको विद्यार्थी आन्दोलन प्राप्त उपलब्धीलाई संस्थागत गर्ने र शिक्षामा देखिएको माफियाकरणलाई अन्त्य गर्नु रहेको बताउनुभयो । त्यसमा अखिल क्रान्तिकारीले नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको उहाँको भनाई छ । अहिले देशमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरु विचको खाडल बढिरहेको र गरिबका छोराछोरीले शिक्षा हाँसिल गर्ने अवस्था नरहेको बताउँदै उहाँले पुजिवादी शिक्षाको अन्त्य हुनुपर्ने बताउनुभयो । संविधानमा व्यवस्था गरिएका शैक्षिक सवालहरु कार्यान्वयन नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने अध्यक्ष न्यौपानले स्पष्ट पार्नुभयो ।

15328156_1244168568980476_1927927140_n

‘अहिले संविधान कार्यान्वयनलाई स्थानिय तहको निर्वाचन गराउनु संगमात्र जोडेर हेरिएको छ उहाँले भन्नुभयो यो गलत हो संविधानले व्यवस्था गरेका माध्यामिक तह सम्मको निशुल्क शिक्षा लगाएतका व्यवस्था व्यवहारमा लागु नभएसम्म संविधान कार्यान्वयन हँदैन ।’ अध्यक्ष न्यौपानेले शैक्षिक संस्थाहरुमा हुने गुण्डागर्दीका विरुद्ध एक जिल्ला एक टीम प्रत्येक क्याम्पस फाईटर टीम भन्ने नारा सहित आफनो संगठन देशव्यापी विद्यार्थी जागरण अभियानमा लागेको वताउनुभयो । उहाँले अभियान अन्तरगत विद्यार्थी स्वयंसेवक टीम वनाएर शैक्षिक संस्था तथा स्ववियूमा हुने गुण्डागर्दी र विकृतिका विरुद्धमा आईपरे भौतिक हिसावले समेत जाईलग्ने चेतावनी दिनुभयो ।

15403109_1244161472314519_1102019127_n

अखिल क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक समिति संयोजक जिवन केसीको अध्यक्षतामा भएको सम्मेलन उद्घाटन कार्यक्रममा केन्द्रीय अध्यक्ष न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै केन्द्रीय उपाध्यक्ष पञ्चा सिंह, सचिव तथा ६ नं. प्रदेश इन्चार्ज खेम सिंह, सचिव तथा ५ नं. प्रदेश इन्चार्ज ध्रुव ओली, सचिव तथा ५ नं. प्रदेश संयोजक सुन्दर ओली र सचिव दुर्गा बुढाथोकी लगाएतका विद्यार्थी नेताहरुको आतिथ्यता रहेको थियो । जिल्ला सम्मेलन आयोजक समितिका सदस्य तुलवहादुर देवकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सदस्य शुसिल बिष्टले गर्नुभएको थियो । सम्मेलन अन्तरगत भोली बिहानबाट बन्दसत्र सुरु हुने छ ।

बिहान ८ बजेबाट मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा हुने बन्द सत्रले सम्मेलनको आगामी योजना पारित गर्दै नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया