पुर्वाञ्चलकै नमुना विद्यालयको ब्यवस्थापन समिति अध्यक्षमा माओवादी केन्द्रका बस्नेत निर्वाचित
शिक्षाखबर डेस्क
१५ पुष २०७३, शुक्रबार
no immg

दमक ,१५ पुस । पुर्वाञ्चलकै नमुना सामुदायिक विद्यालयको परिचय वनाउंदै गएको झापा दमक स्थित श्री हिमालय माध्यमिक विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष पदमा तिर्थराज बस्नेत (शंकर) निर्वाचित भएका छन्।

माओवादी केन्द्रका दमक नगर सचिव समेत रहेका बस्नेत यसअघि पनि सोही विद्यालय ब्वयवस्थापन समितिका सदस्य थिए। दमकमा स्थापित समाजसेवीको छवि बनाएका बस्नेत सो विद्यालयलाई नमुना विद्यालय वनाउने अभियानमा निरन्तर क्रियाशील रहंदै आएका छन्। माओवादी जनयुद्धका क्रममा राज्यद्वारा वेपत्ता वनाइएका बस्नेतका दुई भाइ पुष्पराज बस्नेत र धिरेन्द्र बस्नेत यसै विद्यालयका प्रतिभाशाली विद्यार्थी हुन्।

वि.स २०१२ सालमा स्थापित सो विद्यालयमा हाल २६३५ जना विद्यार्थी अध्यनरत छन्। कम्प्युटर साइन्स लगायतका आकर्षक विषयहरु समेत अध्यापन गराइने यस विद्यालयमा प्रारम्भिक तहवाटै अंग्रेजी माध्यममा अध्यापन गराइन्छ ।
पहाडी भेगवाट आउने विद्यार्थीका लागि चांडै आवासिय भवनको समेत ब्यवस्था गर्ने योजना रहेको नवनिर्वाचित अध्यक्ष बस्नेतले वताए।
बस्नेतसंगै अन्य सदस्यमा निलम गुरागाई,नारायण तामाङ गुणराज थापा, कुमारी संग्रौला, हेमकला न्यौपाने र पवन पौडेल निर्वाचित भएका छन्। प्राचार्य विष्णुकान्त झा सदस्य सचिव रहने ब्यवस्था छ।

प्रतिक्रिया