गाेरखाकाे च्याङलीमा कृषिकाे आङ्गिक कलेज र ध्याल्चाेकमा कृषी विज्ञान केन्द्रकाे स्थापना हुदै
शिक्षाखबर डेस्क
७ बैशाख २०७४, बिहीबार
no immg

गाेरखाबजार-बैशाख ६- प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालयले गुणात्मक तथा प्रभावकारी शिक्षा प्रदान गरी आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।विश्वविद्यालय सभाको विशेष बैठकको अध्यक्षता गर्दै कुलपति एवम् प्रधानमन्त्री प्रचण्डले मुलुकको आर्थिक विकासका लागि कृषि तथा वन क्षेत्रको महत्वलाई उजागर गर्नुपर्ने जोड दिए।

उनले कृषि तथा वन क्षेत्रमा स्थापना हुने आङ्गिक क्याम्पसको स्थापना भएपश्चात् यस क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धान तथा प्रसारमा नेपाली नागरिकको पहुँच पुगी शैक्षिक क्षेत्रको पहुँच विस्तार हुने उल्लेख गरे।प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीचको विवादलाई छिट्टै अन्त्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

बैठकमा विश्वविद्यालयका सहकुलपति शिक्षामन्त्री धनीराम पौडेलले मुलुकका सात प्रदेशमा एक/एकवटा कृषि क्याम्पस स्थापना गर्न कार्यअगाडि बढाइएको जानकारी दिए । उनले क्याम्पस स्थापनाका लागि नागरिक समाज र जनतासँग मिलेर जग्गा प्राप्तिको कार्यलाई आगडि बढाइएको बताए । विश्वविद्यालयका उपकुलपति प्रा डा.ईश्वरीप्रसाद ढाकालले कृषि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक क्षेत्रलाई माथि उठाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

बैठकले कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन, २०६७ अन्तर्गत  गोरखाको च्याङ्लीमा  कृषि विषयको अध्ययन, अध्यापन, अनुसन्धान तथा प्रसार गर्न कृषि विषयमा आङ्गिक कलेज स्थापना गर्ने निर्णय गरेको छ । त्यसैगरी  गोरखाको घ्यालचोकमा कृषि विज्ञान केन्द्र समेत स्थापना  गर्ने गरी निर्णय समेत गरेको छ । बैठकले विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवा नियमावली, २०६९ मा पाँचौँ संशोधन र आर्थिक प्रशासन नियमावली, २०६९ मा तेस्रो संशोधनसमेत गर्ने निर्णय गरेको छ ।

Soruce: egorakhakhabar

प्रतिक्रिया