कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आर्थिक चलखेल : नीजि कलेजलाई सम्बन्धन दिएपछि विश्वविद्यालयमा तालाबन्दी
शिक्षाखबर डेस्क
२५ असार २०७४, आईतवार
no immg

चितवन– कृषि तथा वन बिज्ञान विश्वबिद्यालय रामपुरस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी भएको छ ।
सरकारी घोषणा र योजनाअनुसार ७ प्रदेशमा स्थापना गर्ने भनेको बिश्वबिद्यालयका आगिंक कलेज स्थापना गर्नुको साटो निजी कलेजलाई धमाधम सम्बन्धन दिने षडयन्त्रमा बिश्वबिद्यालयका पदाधीकारीहरु लागेपछि तालाबन्दी विद्यार्थी संगठनहरुले तालाबन्दी गर्नु परेको बताएका छन् ।
कृषि तथा वन बिज्ञान बिश्वबिद्यालय अखिल क्रान्तिकारीका अध्यक्ष विश्वास अम्गाईले विश्वविद्यालयका पदाधिकारीहरु आर्थिक चलखेलमा लागेर नीजि कलेजलाई सम्बन्धन दिने तथा जनताका छोराछोरीले राज्यबाट पाउन लागेको अधिकार हनन गर्न खोजेपछि तालावन्दी गर्नुपरेको बताए ।
विश्वबिद्यालयका पदाधीकारीहरु मिलेर आफनो लगानिमा कलेज खोल्ने र त्यसलाई कृषि तथा वन बिज्ञान विश्वबिद्यालयबाट सम्बन्धन दिई गरिव जनताका छोराछोरीमाथि शोषण गर्ने खेल भएकाले त्यस्तो कार्य रोक्नुपर्ने  सराेकारवालाकाे माग छ ।
विश्वबिद्यालयले नवलपरासीको गैडाकोटमा दुई, परासीमा १,झापामा १, ईटहरीमा १, सप्तरीमा १ सुर्खेतमा १ टिकापुरमा १ र काठमाडौमा १ गरि १० वटा नीजि कलेजलाई सम्बन्धन दिने तयारी गरेको कृषि तथा वन बिज्ञान बिश्वबिद्यालय नेपाल बिद्यार्थी संघ रामपुरका अध्यक्ष सोभित खनालले बताए । करोडौ रकम आर्थिक चलखेल गरी निजि कलेज सञ्चालनको तयारीमा बिश्वबिद्यालयका पदाधीकारीहरु लागेको खनालको आरोप छ ।

 

विश्वबिद्यालयबाट पहिलो ब्याज समेत उत्पादन नहुँदै यस्ता चलखेल हुनुले विश्वविद्यालयको गरिमा घट्नुका साथै सरकारले जनताका नाममा गरेको लगानी समेत बालुवामा पानी हालेसरह हुने सरोकारवालाहरुको भनाई छ ।
नेपाल सरकारले ७ प्रदेशमा स्थापना आगिंक कलेज स्थापना गरी गरिव जनताका छोराछोरीलाई निशुल्क शिक्षा प्रदान गर्ने तथा देशको आर्थिक बिकासमा सहयोग पुग्ने योजनालाई समेत विश्वविद्यालयका पदाधिकारीहरुले लत्याएको कृषि विज्ञ तथा विद्यार्थीहरुको भनाई छ ।

रामपुरमा रहेको क्याम्पस नजिकै रहेको कलेजमा सम्वन्धन दिनुको अर्थ नभएको र विश्वविद्यालयकै पदाधीकारीको शेयर रहेको कलेजमा पहिला सम्वन्धन दिनुले थप  शंका उत्पन्न भएको विद्यार्थी संगठनहरुले बताएका छन्

रातोपाटि
प्रकासित असार २१,२०७४

प्रतिक्रिया
सम्बन्धित खबर