काठमाडौं २७ असार / विश्वमा पछिल्ला दिनहरुमा विकसित विज्ञान र प्रविधिका नयाँ नयाँ आविष्कारहरुले हरेक मानवको दैनिकीलाई प्रभावित गराइरहेको छ ।

यस्ता प्रविधिहरुमा अपडेट हुन नसक्ने व्यक्तिहरुले समाजमा आफूलाई पछि परेको अनुभव गर्न थालिसकेका छन् ।

विज्ञान र प्रविधिको विकासले मानव जीवनमात्र होइन, शिक्षण सिकाइ क्रियाकलापलाई समेत प्रभावित पारिरहेको छ । सार विश्व ग्लोबल भिलेजको रुपमा परिणत भइरहेको सन्दर्भमा शैक्षिक संस्थाहरुमा प्रविधिको प्रयोगविना गरिने शिक्षण सिकाइ प्रभावकारी अपुरो जस्तैे हुन थालिसकेका छन् ।यसै सन्दर्भमा कलंकीस्थित सिद्धार्थ मल्टिपल कलेजमा शिक्षण सिकाइ क्रियाकलापमा प्रविधिको प्रयोग कसरी गर्ने भन्ने विषयमा दुईदिने वृहत कार्यशाला सम्पन्न भएको छ ।

अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।