क्रान्तिकारीका केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपानेले एक बिज्ञप्ति मार्फत आन्दोलनको घोषणा गरेका छन,
शुल्क बढाइएपछि विगत ४ दिनदेखि पूर्वाञ्चल क्याम्पस धरानमा जारी आमरण अनसन र मागप्रति समेत त्रिभुवन विश्वविद्यालय, डीन कार्यालय र क्याम्पस प्रशासन उदासिन भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै अनसनमा बसेका विद्यार्थी नेताहरु अखिल (क्रान्तिकारी) का कृष्णराज न्यौपाने र नेबि संघका सरोज अधिकारीको स्वास्थ्यस्थिति दिनप्रतिदिन नाजुक बन्दै जाँदा पनि सम्बन्धित पक्षबाट बेवास्था गरेको क्रान्तिकारीले बताएको छ ।
शुल्क घटाउन विद्यार्थीहरुले आमरण अनशन लगायतका विभिन्न कार्यक्रम गर्दा समेत बेवास्था गरिएको भन्दै क्रान्तिकारीले आइतबार नै शुल्क नघटाइए देशभरकै इन्जिनियरिङ कलेजहरुमा रिले अनसन लगायतका कार्यक्रम गरिने विज्ञप्ति मार्फत घोषणा गरेको छ ।
प्रकासित मिति २०७४ सावन १ आइतबार