छात्रवृत्तिका लागि सभासद् र उच्च अधिकारीको दबाब
शिक्षाखबर डेस्क
३ श्रावण २०७४, मंगलवार
no immg

काठमाडौं ३ साउन /जिल्ला शिक्षा कार्यालय काठमाडौंले कक्षा ११ को लागि शनिबार सम्पन्न गरेको छात्रवृत्ति छनोट परीक्षामा विद्यार्थी पास गराइदिन भनसुन गर्नेको चाप बढ्दै गएको छ ।

जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटालाई छात्रवृत्ति मिलाइदिन आउने फोनले हैरान बनाएको छ । आइतबारमात्रै पदभार सम्हालेका शिक्षा अधिकारी सापकोटाले छात्रवृत्तिका लागि आउने फोनले अनौठो अनुभव गराएको सुनाए ।

‘सरकारी स्कुलबाट कक्षा १० मा सहभागी भएका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि कक्षा ११ र १२ मा निःशुल्क छात्रवृत्रि उपलब्ध गराउन परीक्षा लिइएको थियो, सापकोटाले भने, तर मैले आइतबार पदभार सम्हालेदेखि उच्च ओहोदाका अधिकारी तथा सभासद्हरुबाट छात्रवृत्तिका लागि दबाबमूलक फोन आउँदा छक्क परेको छु । मैले उहाँहरुलाई बढी दबाब नदिनुस् विद्यार्थीले प्रतिस्पर्धाका आधारमा छात्रवृत्ति पाउने छन्, स्पष्ट पार्दै आएको छु ।’

नागरिकमा प्रकाशित खबर ।

प्रकाशित मिति २०७४ श्रावण ३ ,मंगलवार

प्रतिक्रिया