काठमाडौं ४ साउन / चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१७ नेपाल’ ले यस वर्षका उत्कृष्ट पाँच विद्यार्थीहरु नाम सार्वजनिक गरेको छ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो)ले चेल्सी इन्टरनेसनल एकेडेमी काठमाडौैका विजय लुइँटेल, गण्डकी आवासीय उच्च माध्यामिक विद्यालय कास्कीका तरुण तिमिल्सिना, क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर काठमाडौका विनय राज पौडेल, धनुषा साइन्स क्याम्पस जनकपुरका विवेकलाल कर्ण, रातो बंगला स्कुलका अनुभव शर्मा उत्कृष्ट पाँचमा परेको जनाएको छ।
विभिन्न चरणका गरेको परीक्षणको आधारमा पाँच छनोट गरिएको हो।
चैत्रको दोस्रो साता इटहरी, चितवन, काठमाडौँ, पोखरा र बुटवलमा एकैपटक सञ्चालन गरिएको परीक्षामा सम्मिलित विद्यार्थीहरुमध्ये ५० वा सो भन्दा बढी प्राप्ताङ्क ल्याउने ३७ जना विद्यार्थी दोश्रो चरण पूर्ण बन्द शिबिरको लागि छनौट गरिएका थिए।
दोश्रो चराणका रुपमा चैत्र २० देखि जेष्ठ १३ सम्म सन्चालित बन्द शिबिरका लागि जना छनोट गरिएको थियो। बन्द शिबिरमा अन्तिम परिक्षामा सहभागी बीस (२०) विद्यार्थीहरुको वरियताक्रमका आधारमा यस वर्ष विश्वमा सञ्चालन हुने विभिन्न कार्यक्रममा सहभागिताको लागि पहल गरिने नासोका अध्यक्ष सुरेश भट्टराईले बताए।
ओलम्पीयाडमा प्लस टु अध्ययन गर्ने विद्यार्थीहरु सहभागी हुन पाउँछन्।
नागरिकमा प्रकाशित खबर ।