स्थानीय तहमा कर्मचारी खटाउन चुनौती
शिक्षाखबर डेस्क
४ श्रावण २०७४, बुधबार
no immg
श्रावण ४, २०७४ शिक्षा मन्त्रालयले स्थानीय तहमा कर्मचारी खटाउन चुनौतीपुर्ण रहेको जनाएको छ । रेडियो कान्तिपुरसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता हरि लम्सालले कर्मचारी खटाउने स्पष्ट नीति नभएकाले चुनौती थपिएको बताउनुभयो । उहाँले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग जेष्ठताका आधारमा कर्मचारी खटाउने नीति बनाउन माग गरेपनि कुनै तदारुकता नदेखाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– हामीसँग पनि यसरी कर्मचारी खटाइयोस् भन्ने स्पष्ट खाका छैन, कसरी काम अघि बढाउने अन्यौलमा छौं । यद्यपि जेष्ठताका आधारमा कर्मचारी खटाउन थालेको उहाँले बताउनुभयो । यसैबीच शिक्षा मन्त्रालयले मातहतका ७५ जना उपसचिवलाई स्थानीय तहमा पठाएको छ । स्थानीय तहमा शिक्षा क्षेत्रको जिम्मेवारी वहन गर्ने गरी उपसचिवलाई सरुवा गरिएको मन्त्रालयले जनाएको छ । पहिलो चरणमा महानगरपालिका र नगरपालिकामा शिक्षाका उपसचिव खटाइएका हुन् ।
कान्तिपुरमा प्रकाशित
प्रकाशित:श्रावण ४, २०७४
प्रतिक्रिया