काठमाडौं ५ साउन / गोरखा भूकम्पबाट सबैभन्दा प्रभावित सिन्धुपाल्चोकमा विद्यालय निर्माणका लागि गएको करोडौं रकम फ्रिज भएको छ ।
समयमै भवन बन्न नसकेर रकम फ्रिज हुँदा विद्यार्थी भने त्रिपालमुनि कष्टका साथ पढ्न बाध्य भएका छन् ।

महाभूकम्पको दुई वर्षपछि भूकम्प प्रतिरोधी ब्लक भवन मर्मत र यसअघि शिक्षा कार्यालयको सहयोगमा निर्माण भएका आरसीसी भवन मर्मतका लािग २९ करोड ७८ लाख ६४ हजार रुपैंया आएको थियो ।
तर खर्च नभएपछि शिक्षा विभागमा नै फिर्ता पठाइएको  छ । जिशिकाका अधिकृत अशोक पराजुलीले ढिला बजेट आएकाले सबै काम हुन नसकेको बताए ।

दिनेश थापाले सिन्धुपाल्चोकबाट राजधानी दैनिकमा लेखेको खबर ।