काठमाडौं श्रावण १०, २०७४ नेपाल आंशिक प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय अगाडि आज रिले अनसन शुरु गर्ने भएको छ । आफूहरुको माग बेवास्ता गरेको भन्दै संघमा आबद्द आंशिक प्राध्यापकले रिले अनसन शुरु गर्न लागेको संघका अध्यक्ष शशी कुमार शर्माले जानकारी दिनुभयो । संघले आंशिक रुपमा कार्यरत प्राध्यापकलाई करार नियुक्त गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् । करिब १ हजार २ सयको संख्यामा आंशिक प्राध्यापकहरु कार्यरत रहेको संघले जनाएको छ ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रकाशित:श्रावण १०मंगलबार, २०७४