काठमाडौं ११ मंसिर /मध्य नेपाल प्राविधिक शिक्षालय सुर्खेतमा अध्ययनरत विद्यार्थी र सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग मन्त्रालय, लघु उद्यम विकास कार्यक्रमका प्रतिनिधि र शिक्षालयमा अध्ययनरत विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम सम्पन भएको हो ।
कार्यक्रममा उद्योग मन्त्रालयका उपसचिव विमल बरालले शिक्षालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए । उनले शिक्षालयलाई सेवामूलक व्यवसाय गरेर रोजगारीका अवसर सृजना गर्न आग्रह गरे । शिक्षालयमा अध्ययनरत विद्यार्थीहरूलाई मन्त्रालयले सक्दो सहयोग गर्ने उनले बताए ।
लघुउद्यम विकास कार्यक्रम क्षेत्रीय कार्यक्रम सहयोग कार्यालय सुर्खेतकी प्रमुख सरिता धौभडेलले लघुउद्यम विकासबारे जानकारी गराएकी थिइन् । स्थानीयतहमा समेत उद्यम विकास सहजकर्ताको दरबन्दी सृजना गर्न पहल भइरहेको बरालको भनाइ छ । मध्यपश्चिममा नै पहिलोपटक उद्यम विकास सहजकर्ता उत्पादन गर्दै आएको शिक्षालयले हालसम्म १ सय ६० जना उद्यम विकास सहजकर्ता तयार गरिसकेको शिक्षालयका प्रिन्सिपल विनोद लम्सालले बताए ।
कार्यक्रममा वीरेन्द्र नगरकार्यपालिका उद्योग विकास शाखा सुर्खेतका शाखा अधिकृत इन्द्रबहादुर थापा, बजार विकास विशेषज्ञ दीपक ज्ञवालीलगायतको सहभागिता रहेको थियो ।
अभियान दैनिकमा प्रकाशित खबर ।