कक्षा ११ को नतिजा पुस २० भित्र
शिक्षाखबर डेस्क
८ पुष २०७४, शनिबार
no immg

कक्षा ११ को नियमिततर्फको नतिजा पुस २० गतेभित्रै सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कर्मचारी चुनावमा खटेकाले नियमिततर्फको नतिजा ल्याउन अलिकति ढिला भएको बताए ।

कपी जाँच सकिसकेको बताउँदै उनले अहिले संपरीक्षण जारी रहेको जानकारी दिए । भुकम्पमा भवन भत्केर स्थानको अभाव र कपी जाँच्ने काम गोप्य रुपमा भएको हुनाले नतिजा सार्वजनिकमा अलिक ढिला भएको उनले बताए । अहिले भने १० वटा समूहले तिव्र रुपमा काम गरिरहेको पनि उनले थपे ।

उनी भन्छन, “नियमितका विद्यार्थीलाई पनि अब धेरै कुर्नु पर्देैन । हामीले यही पुस १५ गते नै नतिजा सार्वजनिक गर्ने हो, केहीगरी ढिला भएपनि २० गते कट्दैन,” ।

कक्षा ११ को नतिजा यो वर्षदेखि ग्रेडिङ प्रणालीबाट प्रकाशन हुने भएको छ । ग्रेडिङ प्रणालीबाट आउन लागेकाले नतिजाबारे विद्यार्थीमा कौतूहल झनै थिपिएको परीक्षा बोर्डले बताएको छ ।

-नेपाल समाचारपत्र

प्रतिक्रिया