सैनिक आवासीय महाविद्यालयलाई बीभीएस कप क्रिकेट उपाधि
शिक्षाखबर डेस्क
९ पुष २०७४, आईतवार
no immg

काठमाडाैं—सैनिक आवासीय महाविद्यालयले दोश्रो बीभीएस कप यु–१४ अन्तरविद्यालय छात्र क्रिकेट प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।

नक्सालस्थित आयोजक बृहस्पति विद्यासदन ९बीभीएस० को मैदानमा भएको फाइनलमा सैनिकले डिएभीलाई ४ विकेटले पराजित ग¥यो ।

टस जितेरले पहिले व्याटिङ रोजेको डिएभीले निर्धारित २० ओभरको खेलमा १९ ओभर ५ बलमा सबै ९ विकेट गुमाउदै ६९ रन जोडेको थियो । एक टिममा १० खेलाडी राख्ने प्रावधान थियो ।

डिएभीका आशिष शाहले १८ र इनाप महर्जनले ११ रन जोडे । बलिङतर्फ सैनिकका कृष कार्कीले ६, क्षितिज शाहीले २ र श्रृजन गुरुङले १ विकेट चट्काए । कृष फाइनल खेलको ‘म्यान अफ द म्याच’ समेत बने । किफायती बलिङ गरेका कृषले ३ ओभर ५ बलमा १ मैदन राख्दै ६ रन दिएर ६ विकेट हात पारेका हुन् ।

जवाफमा सैनिकले १७ ओभर ५ बलमा ५ विकेट क्षतिमा ७२ रन जोड्दै उपाधि हात पा¥यो । सैनिका लागि कप्तान स्नोज केसीले २५ र जयफ मल्लले १९ रन योगदान गरे । डिएभीका सौरभ श्रेष्ठले ३ तथा आशिष शाहले २ विकेट हात पारे ।

डिएभीका रोनक गोयल ‘म्यान अफ द सिरिज’ चुनिए । सैनिका श्रृजन गुरुङ बलिङ तथा सेन्ट जेभियर्सका आदित सुवेदी व्याटिङमा उत्कृष्ट ठहरिए ।

विजेतालाई बृहस्पतिका निर्देशकद्वय अभिनव सिंघानिया र प्रवीणराज जोशी, प्रिन्सिपल सुमन थिङ लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुस २ गतेदेखि सुरु प्रतियोगितामा ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया