जिल्ला अस्पताल ओखलढुंगा शव परीक्षणको थलो मात्र बन्दै
शिक्षाखबर डेस्क
२७ माघ २०७४, शनिबार
no immg

ओखलढुंगा । जिल्ला अस्पताल ओखलढुंगा पछिल्लो समय शब परीक्षणको थलो मात्र बन्न थालेको छ । सदरमुकाम भन्दा करिब ११ किलोमिटर टाढा रुम्जाटारमा जिल्ला अस्पताल रहेकाले पनि त्यहाँ उपचार गराउन जाने विरामीको संख्या न्यून देखिएको हो ।

सरकारले दिने निशुल्क औषधि र दक्ष जनशक्ति अस्पतालमा खटाए पनि विरामीहरुलाई भने अपायक पर्ने भएकाले जिल्ला अस्पताल प्रति नागरिकको मोह कम भएको पाइएको छ ।

सरदमुकाममै सुबिधासम्पन्न ओखलढुंगा सामुदायिक अस्पतालम रहेकाले नागरिकहरु त्यतातिर जाने गरेका छन् । यहाँ जिल्लाभित्रका मात्र नभएर छिमेकी जिल्लाहरु सोलुखुम्बु, खोटाङ र उयदपुरबाट समेत बिरामीहरु सामुदायिक अस्पताल आउने गरेका छन् ।

अस्पतालको सेवा र गुणस्तर बृद्धि गरेर प्रभावकारी बनाउनु पर्ने समाजसेवी सिताराम गुरुङको सुझाव छ । १५ शैय्याको अस्पतालमा उपचारका लागि जाने बिरामीहरुको संख्या कम भएपनि जिल्ला भित्र मृत्यु भएकाहरुको भने पोस्टमार्टम लागि जिल्ला अस्पतालनै पु¥याउनु पर्छ ।

अस्पतालमा सामान्य शल्यक्रिया समेत नहुने भएकाले बिरामीहरु कम आउने गरेको अस्पतालका प्रमुख डा. मुकुन्द यादवले बताउनुभयो ।

अस्पतालका अनुसार दैनिक औसत ५० देखि ६० जना ओपिडीमा बिरामी आउँछन् । सरकारी अस्पताल रित्तो हुँदा सामुदायिक अस्पतालमा बिरामीको भीँड लाग्ने गरेको छ । ५० शैय्याको सामुदायीक अस्पतालमा दैनिक ३ सयको हाराहारीमा विरामी उपचार गर्न आउने गरेका छन् ।

प्रतिक्रिया