चितवन,५ फागुन । नेपाल तमु विधार्थी छोज धि चितवन जिल्ला कार्य समितिमा पवन गुरुङ निर्वाचीत भएका छन् । नेपाल तमु विधार्थी छोज धिको नवौँ अधिबेशनले पवन गुरुको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो ।
जसको उपाध्यक्षमा कविन तमु, सुनिता तमस्यो, सचिवमा सुमित तमु, कोषाध्यक्षमा मेलीना तमस्यो, सह–सचिवमा डोल्मा तमस्यो लगायतका सदस्य रहनु भएको छ । तमु ह्युला छोज धी गुरुङ राष्ट्रिय परिषद चितवनका अध्यक्ष गणेश बहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गौरब घलेको अध्यक्षता रहेको थियो । विशिष्ठ अतिथि महाबौद्ध तिखोले गुम्बा चितवनका अध्यक्ष क्याप्टेन इमान बहादुर गुरुङ, अतिथिहरु नेपाल तमु विधार्थी छोज धि केन्द्रीय उपाध्यक्ष विमर्श गुरुङ, तमस्यो ह्युला छोज घि गुरुङ राष्ट्रिय परिषद चितवनका सचिव तथा महाबौद्ध गुम्बा तिनखोलेका कोषाध्यक्ष विमला गुरुङ लगायतले नवनिर्वाचित पदाधिकारीलाई कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो ।