नागार्जुनामा प्रथम चाइनिज दिवस
शिक्षाखबर डेस्क
१४ फाल्गुन २०७४, सोमबार
no immg

ललितपुरको कुपण्डोलमा रहेको नागार्जुन एकेडेमीको प्राङ्गणमा आज विविध सांस्कृतिक कार्यक्रम गरेर चाइनिज नयाँ वर्ष तथा प्रथम चाइनिज दिवस – २०१८ सम्पन्न भयो । कार्यक्रममा चिनियाँ तथा नेपाली अतिथिहरुको उल्लेख्य उपस्थिति थियो । सुनिल विक्रम सिजापतीले सभापतित्व गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा ” अन्तर्राष्ट्रिय भोलेन्टियर होम” का सुपरभाईजर हो मिन जेयलाई निम्त्याइएको थियो । त्यस्तै विशेष अतिथिमा सोहि भोलेन्टियर होमका लिउ युन हेय थिए ।

कार्यक्रममा नागार्जुन एकेडेमीका विद्यार्थीहरुले नृत्य तथा विभिन्न कलाहरु प्रस्तुत गरेका थिए । अन्य विभिन्न विद्यालयमा अध्यापन गराइरहेका १४ जना चाइनिज शिक्षकहरू र करिब १०० जना विद्यार्थीहरूले आफ्ना विभिन्न कृयाकलापहरू मार्फत आफ्ना प्रस्तुति राखेका थिए । नृत्य, गीत, चित्रकला, कागजको हस्तकला आदि कृयाकलापहरू समावेश भएको कार्यक्रमको सजावट अत्यन्त सुन्दर तथा चाइनिज शैलीमा भएकोले उपस्थित सबैलाई चीन नै पुगेको भान भएको थियो ।

विद्यालय स्तरमा भएको यस किसिमका कार्यक्रमहरूले चाइनिज भाषा र संस्कृतिको आदान प्रदान भयो । दुवै देशको राष्ट्रिय गानबाट शुरु भएको सो कार्यक्रम दुवै देशका प्रतिनिधिहरूले मायाको चिनो एक अर्कालाई हस्तान्तरण गरी तथा सामुहिक तस्विर खिचाई समापन गरिएको थियो ।

प्रतिक्रिया