२३ औ सहिद सप्ताहको क्रान्तिकारी द्वारा भब्य सुरुवात
शिक्षाखबर डेस्क
१४ फाल्गुन २०७४, सोमबार
no immg

१४ फागुन गोरखा,माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले देश भरि विभिन्न रचनात्मक कार्यक्रम गरि २३ औ सहिद स्मृति सप्ताहको भव्यताका साथ सुरुवात गरेको छ।   

केन्द्रिय अध्यक्ष रन्जित तामाङको नेतृत्वमा जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको जन्मस्थलमै पुगी अखिल (क्रान्तिकारी)ले बृहत निशुल्क स्वास्थ्य शिबिर संचालन गर्नुका साथै सहिद रम्तेलाका पिता सेते रम्तेल र स्थानीय सहिद परिवारलाई सम्मान गरेको छ।

२३ वर्ष अगाडि गोरखाको पुन्द्रुङ स्थित ब्रम्हाचारिणी निमाविको कक्षा चारमा अध्ययनरत ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेललाई माओवादीलाई सघाएको आरोपमा विद्यालय हाताभित्रै सुरक्षाकर्मीले हत्या गरेका थिए । माओवादीले उनै रम्तेललाई जनयुद्धकै प्रथम सहिद मान्दै आएको छ।

त्यसै गरि संगठनका पूर्व अध्यक्ष तथा पूर्व शिक्षामन्त्री धनिराम पौडेलले अखिल (क्रान्तिकारी) प्रदेश-३ द्वारा आयोजित सहिद दिलबहादुर रम्तेल स्मृति तेस्रो क्रान्तिकारी फुटसल कप-२०७४ को एक समारोह बीच उद्घाटन गर्नुभयो, ३ नं प्रदेशका कलेजहरु सम्मिलित प्रतियोगितामा ६४ वटा टीम सहभागी रहेको र फागुन २१ सम्म प्रतियोगिता सन्चालन हुने क्रान्तिकारीको सचिव एवं ३ नं. प्रदेश संयोजक पवन कार्किले बताए ।

सोहि अनुरुप सहिद सप्ताहको अवसर पारि अखिल(क्रान्तिकारी) विश्व बिद्यालय समिति, कृषि तथा बन बिज्ञान विश्व बिद्यालय रामपुरले विश्व बिद्यालयका सहिदहरु मित्रमणि आचार्य,मुकुन्द न्यौपाने र राम बहादुर खड्का को संयुक्त सम्झनामा मिमुराकप अन्तरकलेज नकआउट फुटबलप्रतियोगिता-२०७४ को आयोजना गरेको छ जसको उद्घाटन संगठनका केन्दीय उपमाहासचिब मिलन एम.सी ले गरेका छन् प्रतियोगीतामा जम्मा १६ टिमले सहभागिता जनाउने छन ।

फोटो फिचर सहित

प्रतिक्रिया