गोर्खामा कुटिए स्वस्थकर्मी ठाकुर भट्ट
शिक्षाखबर डेस्क
१६ फाल्गुन २०७४, बुधबार
no immg

गाेरखा,फागुन१६ : गोर्खाको अजिरकोट गाउँपालिकाका स्वास्थ्य इकाइ प्रमुख ठाकुर भट्टमाथि स्थानीय काजी गुरुङको नेतृत्वको टोलीले कुटपिट गरेको भट्टले बताए ।

भट्टले आफूमाथि कुर्ची उठाएर हानिएको र जौबारीबाट एम्बुलेन्स मगाएर उपचार गर्न जान खोज्दा पनि जान नदिएको बताए । घर बनाउने सिमेन्टको बिषयमा विवाद हुँदा गुरुङ र उनका साथीहरु मिलेर आक्रमण गरेको भट्टको भनाइ छ । ‘घर बनाउनका लागि मैले २० बोरा सिमेन्ट ल्याएको थिएँ । उसले चाहिँ ३० बोरा लगेको हो भनेर जिद्दी गर्‍यो ’ भट्टले भने ‘त्यही बिषयमा विवाद उठाउदा एक्कासी म माथी कुर्ची उठाएर हान्यो ।

कुरा हुँदै गर्दा उसका साथीहरु पनि आएर कुटे ।’ प्रहरी पनि सो घटनामा मुखदर्शक भएको उनले दुखेसो पोखे । कुटपिटको बारेमा जानकारी लिन खोज्दा जिल्ला प्रहरी प्रमुख एसपी प्रकास अधिकारीसँग सम्पर्क हुन भने सकेन ।

प्रतिक्रिया