जनक शिक्षालाई नेविसंघको ध्यानाकर्षण
शिक्षाखबर डेस्क
२२ फाल्गुन २०७४, मंगलवार
no immg

काठमाडौं । नेपाल विद्यार्थी संघले शैक्षिक सत्र सुरु हुँदा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउन जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको ध्यानाकर्षण गराएको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा मंगलबार लिमिटेडको कार्यालय भक्तपुर पुगेर निर्देशक सुजन नेपाललाई ज्ञापनपत्र बुझाइएको हो ।

विगतका वर्षमा पुस्तक छपाइमा ढिला हुँदा दुर्गमका जिल्लाहरुमा शैक्षिक सत्र सुरु भएको केही महिना पछिमात्रै पाठ्यपुस्तक पुग्ने गर्दा पठनपाठन प्रभावित हुँदै आएको छ । यस वर्ष त्यस्तो अवस्था दोहोरिए नेविसंघ कडा रुपमा प्रस्तुत हुने महामन्त्री काफ्लेले चेतावनी दिए । “संसारले शिक्षाको क्षेत्रमा धेरै विकास गरिसकेको छ । हामी भने पाठ्पुस्तक नपाएको गुनासोमै अल्झिएका छौं,” महामन्त्री काफ्ेले भने, “यसवर्ष समस्या नआओस् भनेर हामी सचेत गराउन आएका छौं । ध्यान नदिए हामी कडा रुपमा प्रस्तुत हुन बाध्य हुनेछौं ।”

नेविसंघले सार्वजनिक विद्यालय सुधार (साविसु) अभियान चलाइरहेको छ । त्यस क्रममा विभिन्न जिल्लामा अन्तरक्रिया गर्दा पाठ्यपुस्तकको समस्याबारे गुनासो आएकाले जनक शिक्षामा ज्ञापनपत्र बुझाएको अभियानका संयोजक सुमनराज पाण्डेले बताए ।

प्रतिक्रिया