२०७४ फाल्गुण २५,नेपाल कम्युनिष्ट पार्टी (माअाेवादी ) नेकपा (एमाले) पार्टी एकताकाे प्रक्रिया अगाडि बढ्दै जाँदा भातृ संगठनहरु काे नेतृत्व कसले लिने भन्ने विषयमा पनि छलफल चल्न थालेकाे छ । अखिल( क्रान्तिकारी) का प्रभावशालि उपाध्यक्ष तिलक राज भण्डारी ले एकतापछि पनि संगठनकाे नेतृत्व क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ ले गर्ने दावी गरे ! अनेरास्ववियु काे अध्यक्ष नविना लामा प्रतिनिधि सभाकाे सदस्य भईसकेपछि रञ्जित तामाङ अध्यक्ष हुने बाटाे खुलेकाे हाे । संगठनात्मक घनत्व, विद्यार्थी अान्दाेलनमा क्रान्तिकारीकाे जवरजस्त प्रभाव , राष्ट्रियता र जनजिविका काे अान्दाेलनमा संगठनले लिएकाे नेतृत्वायी भुमिका तथा शैक्षिक एजेण्डा र स्ववियु निर्वाचनकाे परिणामले पनि अखिल(क्रान्तिकारी) ले नेपाली विद्यार्थी अान्दाेलनमा नेतृत्वदायी भुमिका खेल्दै अाएकाे उल्लेख गर्दै उपाध्यक्ष भण्डारीले दुई संगठनविचकाे एकताले समाजवादि शिक्षा प्राप्तिकाे अान्दाेलन अझ प्रभावकारी हुने बताए । जनयुद्ध दिवस तथा सहिद सप्ताहकाे सन्दर्भमा अखिल (क्रान्तिकारी) सुनसरिले अायाेजना गरेकाे प्रथम सहिद स्मृति क्रान्तिकारी कप २०७४ फुटबल प्रतियाेगिताकाे समापन तथा पुरुस्कार वितरण कार्यक्रममा बाेल्दै भण्डारीले समाजवाद निर्माण गर्ने अान्दाेलनमा सबै क्रान्तिकारी शक्तिहरू लाई एकजुट हुन समेत अपिल गरे । २०७४ फाल्गुण १५ गते देखि संचालित उक्त प्रतियाेगितामा २५ टिम सहभागी भएकाे र प्रतियाेगितामा महेन्द्र बहुमुखि क्याम्पसका विरुद्ध धरान सिटि कलेजले ट्राईबेकरमा ४-२ गाेल अन्तरले ट्रफी जित्न सफल भएकाे खबर अायाेजक समिति तथा अखिल(क्रान्तिकारी) सुनसरी का संयाेजक खेम रनपहेली ले बताए ।